
काठमाडौं । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट हुनुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उहाँ पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल हुनुभएको छ । यससँगै छनोटचरण पार गरेर ओलम्पिक खेल्ने उहाँ चौथो खेलाडी हुनुभयो ।
यसअघि, तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य, दीपक विष्टले छनोट भएर ओलम्पिक खेल्नुभएको थियो भने केही समयअगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसक्नुभएको छ । बुधवार फाइनल अगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने पक्का भइसकेको थियो ।
फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइालमा स्थान बनाउनुभएको थियो । फाइनलमा स्यान्टुले संयोगलाई ४-३ ले हराउनुभयो । पहिलो सेट ११-७ ले आफ्नो पक्षमा पार्नुभएका स्यान्टुले दोस्रो सेट ८-११ ले गुमाउनुभयो । त्यसपछिका दुईमा सेट ११-७, ११-६ को जित निकाल्नुभएका स्यान्टुले पाँचौं र छैटौं सेट ८-११, ८-११ ले हराउनुभयो । सातौं तथा अन्तिम सेट ११-९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गर्नुभयोे ।
महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाउनुभयो । यस विधामा नेपालकै इभाना थापा सेमिफाइनलमा पराजित हुनुभएको थियो । उहाँ श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित हुनुभएको हो । नवीता श्रेष्ठको यात्रा पनि क्वाटरफाइनलमा नै रोकिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच