संसदीय छानबिन समिति गठन हुनुपर्छ : डिला सङ्ग्रौला

हिमालय टाइम्स
Read Time = 2 mins

रामेछाप । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले मन्थलीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले सत्ता पक्ष र प्रतिपक्षका सांसद आफ्ना आसनमा नबसेका बेला बिहीबार सभामुखले जबरजस्ती सदन सञ्चालन गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउन आश्वासन दिएपछि सहमत भएर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको भए पनि प्रस्तुत नीति तथा कार्यक्रम परम्परागत भएको आरोप लगाउँदै पार्टीको ‘बटम लाइन’ संसदीय छानबिन समिति रहेकाे उहाँले बताउनुभयो । उहाँले समिति गठन सडक आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।

नीति तथा कार्यक्रममा महिला सशक्तीकरण, व्यापार व्यवसाय प्रवर्द्धन र वैदेशिक रोगजारीमा गएका ३० लाखभन्दा बढीलाई निजी क्षेत्रसँगको साझेदारीमा फर्काएर उनीहरूलाई रोजगारी दिने योजना समावेश नभएको आरोप पनि लगाउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?