काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि सञ्चारमाध्यमहरूले सामूहिक विरोध जनाएका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो ।
आज प्रकशित भएका सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।
हिमालय टाइम्स, कान्तिपुर, अन्नपूर्ण, मध्यान्ह, प्रभाव, राजधानी दैनिक लगायतका पत्रपत्रिकाले विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने स्थानमा प्रेस ऐक्यबद्धता जनाएका छन् । हिमालय टाइम्स दैनिकले पहिलो पृष्ठमा 'कान्तिपुरमा अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ: लोकतन्त्र अधिनायकवादमा परिणत भएको प्रतिक्रिया' शीर्षकमा समाचार छापेको छ ।
त्यस्तै समाचारपत्र, आर्थिक दैनिक, द हिमालय टाइम्स पनि सामूहिक विरोधमा सहभागी भएका छन् । यो विरोधमा नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक सहभागी भएका छैनन् । यस्तै कान्तिपुर मिडिया ग्रुप अन्तर्गत नै सञ्चालनमा रहेको द काठमाण्डू पोष्ट पनि सामूहिक विरोधमा सहभागी छैन् । अन्य पत्रिकाहरूले प्राथामिकताका साथ सामूहिक विरोध जनाइरहँदा काठमाण्डू पोष्टले भने ऐक्यबद्धता जनाएको छैन् ।
सिरोहिया पक्राउपछि मिडिया सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो ।
यस्तै सिरोहिया पक्राउ परेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न दलका नेता तथा सञ्चार सम्बद्ध संघसंस्थाहरूले विरोध गरेका छन् । मिडियाको कार्यकक्षमा प्रहरीको प्रवेश उचित नभएको तर्क सञ्चार सम्बद्ध संघसंस्था छ। यसोत विश्व भरी नै मिडिया हाउसमा प्रहरीको प्रवेशलाई उचित मानिँदैन । प्रेस स्वतन्त्रताको सम्मान गर्ने राज्यले यस्तो कार्य गर्न नहुने विज्ञहरूको भनाइ छ ।
धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको थियाे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो । केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुग्नुभएको थियो ।
प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी पनि भएको थियो । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियावि?द्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिनुभएको थियो । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानविन गर्न माग गरिएको थियो । उहाँलाई जिल्ला अदालत, धनुषामा उपस्थित गराइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच