
काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार कुल सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख पुगेको हो । चालु आर्थिक वर्ष ०८०/८१ को १० महिनामा मात्रै ऋण ९८ अर्ब आठ करोड रुपैयाँ थपिएको छ । गत असारसम्म कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब थियो । १० महिनामा ९८ अर्ब आठ करोड थप भएर २३ खर्ब ९७ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सरकारको कुल ऋण कुल गार्हस्थ्य उत्पादन जिडिपीको तुलनामा ४२.०२ प्रतिशत अनुपात हो ।
वैशाखमा मात्रै कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थपिएको छ । कुल ऋणमा आन्तरिक ११ खर्ब ८४ अर्ब ४८ करोड र बाहृय १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख रहेको छ । समीक्षा अवधिमा सरकारले दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख ऋण प्राप्ति गरेकोमा आन्तरिक स्रोतबाट एक खर्ब ९१ अर्ब र बाहृय स्रोतबाट ७३ अर्ब ६३ करोड ३६ लाख रहेको छ । सोही अवधिमा सरकारले एक खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख आन्तरिक र ३० अर्ब ९३ करोड बाहृय गरेर कुल एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ ऋण (सावाँ) तिरेको छ । प्राप्ति र भुक्तानीको हिसाब मिलान गर्दा यस आवमा ९८ अर्ब आठ करोड ऋण थपिएको हो । समीक्षा अवधिमा सरकारको ऋण प्राप्ति लक्ष्यअनुसार छैन । वैशाखसम्मको ऋण प्राप्ति लक्ष्यको ५८.४५ प्रतिशतमात्रै छ । चालु आर्थिक वर्ष सरकारले कुल चार खर्ब ५२ अर्ब ७५ करोड ऋण लिने लक्ष्य थियो । त्यसमा दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड बाहृय ऋण लिने लक्ष्य रहेको वैशाखसम्म बाहृय ऋण लक्ष्यको ३४.६१ प्रतिशतमात्रै प्राप्ति भएको छ ।
आन्तरिक ऋण प्राप्ति भने सन्तोषजनक नै छ । वैशाखसम्म लक्ष्यको ७९.५८ प्रतिशत आन्तरिक ऋण उठेको कार्यालयको तथ्यांकमा उल्लेख छ । लक्ष्य पूरा गर्न सरकारले बाहृयतर्फ एक खर्ब ३९ अर्ब ११ करोड र आन्तरिकतर्फ ४९ अर्ब ऋण प्राप्ति गर्नुपर्छ । समीक्षा अवधिमा सरकारले एक खर्ब ६६ अर्ब ५५ करोड ऋण (सावाँ) सँगै ६६ अर्ब ७२ करोड ब्याज तिरेको छ । जसअनुसार समीक्षा अवधिमा सावाँ र ब्याज गरेर दुई खर्ब ३३ अर्ब २७ करोड ५० लाख ऋण तिरेको हो । सरकारले प्राप्ति गरेको दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख ऋणमा दुई खर्ब ३३ अर्ब २७ करोड ५० लाख ऋण तिर्नै ठीक हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच