
काठमाडौं । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव-२०८१’को अन्तिम दिन अभिनेता श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै ‘विशेष योगदान सम्मान-२०८१’ दिइएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा निर्माता राजकुमार, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नवीन सुब्बा, निर्माता छविराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान-२०८१’ प्रदान गरिएको थियो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानलगायतले सम्मानित सबैलाई दोसल्ला, खादासहित प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा वरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीवमेन्ट सम्मान-२०८१’ प्रदान गरिएको थियो । सो अवसरमा चलचित्रकर्मी कुबेर शर्मा, चिरञ्जीवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुइँटेल, वीरेन्द्र झा, विपिन प्रसाईं, सुवास मेचे, प्रेम देवानलगायतलाई ‘प्रादेशिक सम्मान’ गरिएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सिटीपार्टी प्यालेसमा आयोजित कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार संघका केन्द्रीय उपाअध्यक्ष कुबेर गिरी, निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राईलगायत विभिन्न क्षेत्रका थुप्रै व्यक्तिहरूको सहभागिता थियो ।
कोशी प्रदेशमा चलचित्रको गतिविधि बढाउँदै त्यहाँ बनेको चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा ४४ छोटो तथा फिचर गरेर ४४ फिल्मको सहभागिता थियो । प्रदेशमै पहिलोपटक आयोजना भएको महोत्सव भएकाले सहभागी सबै फिल्मकर्मीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले कोशी प्रदेशलाई चिनाउन चलचित्र महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेसँगै सुरु भएको महोत्सवमा कोशी प्रदेशमा चलचित्र निर्माण, विश्वबजारमा नेपाली चलचित्र, नेपाली चलचित्रमा महिला भन्ने विषयमा दिनेश डिसी, नवल खड्का, नवीन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठलगायतका वक्ता रहेको अन्तक्र्रिया समेत आयोजना भएको थियो ।
६ दिन कोशी प्रदेशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई चलचित्र हव बनाउने र यहाँका चलचित्रको प्रचारप्रसार गर्दै चलचित्रकर्मीलाई प्रोत्सान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच