![सरकारी अस्पतालमा चरम बेथिति](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/government-hospital.jpg)
काठमाडौं । संसद्मा प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरिरहको अवस्थामा सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नु हुनेछ । स्रोत र खर्चलाई ध्यानमा राखेर १७ खर्ब हाराहारीको मात्रै बजेट ल्याउन विज्ञले सुझाए पनि छरिएका धेरै कार्यक्रम हालेर १९ खर्ब बराबरको बजेट ल्याउने तयारी अर्थले गरेको छ ।
बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम बजेटमा अघि सारिएको छ । गतवर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानुनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनकोसमेत व्यवस्था गरिँदै छ । यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ ।
यस पटक बजेट भाषण विगत भन्दा फरक हुने बताइएको छ । यो पटक अनुसूचीमा ब्रेक डाउन गर्ने गरी मुख्य विषयमा मात्रै सम्बोधन गर्ने तयारी छ । प्रमुख प्रतिपक्षले सदनसमेत अवरूद्ध गरेको र नाराबाजीको बीचमा बजेट ल्याउनुपर्ने परिस्थितिमा पनि संसदबाट गरिने सम्बोधन घटाइएको होे । अर्थ मन्त्रालय स्रोतका अनुसार राजमार्गहरू केन्द्रित नयाँ सहर निर्माण, भारत र चीनको सीमालाई समेत जोड्ने योजनाका साथ पर्यटकीय कोरिडोर निर्माण, नारायणीलगायत नदी किनारामा पर्यटकीय गतिविधि सञ्चालन गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम नयाँकार्यक्रमको रूपमा हेरिएको छ ।
सरकारले नयाँ करको रूपमा नेपालमा ‘हरित कर’ सुरू गर्ने भएको छ । कार्बनको न्यूनउत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य राखेर मंगलबार प्रस्तुतहुने बजेटमार्फत हरित करको प्रयोग सुरू गर्न थालिएको हो । तत्काललाई न्यून दर कायम गरेर यस्तो कर लगाउन खोजिएको बताइएको छ । पछिल्लो राजस्व संकलन वृद्धिदरमा ब्रेक लागेको तथा लक्ष्यको तुलनामा निकै न्यूनमात्रै राजस्व संकलन भएको छ । यस्तो अवस्थामा सरकारले नयाँ शीर्षकबाट कर उठाउन सुरू गरेको छ । चालु वर्षको बजेटमा लक्जरी कर, वैदेशिक रोजगारी शुल्क र वैदेशिक पर्यटन भ्रमण शुल्क लगाउन सुरू गरेको थियो ।
चालु वर्षबाट सुरू गरिएको यी नयाँ कर कार्यान्वयन गर्न चुनौती तथा अपेक्षित रूपमा नयाँ कर संकलन हुन नसकेको रूपमा करको दायरा विस्तार गर्न भन्दै हरित कर सुरू गर्न थालिएको छ । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । सरकारले यसअघि आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो ।
कांग्रेस सभापति देउवाद्वारा विपक्षी दलको बैठक आह्वान
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाउनु भएको छ । मंगलबार बिहान १० बजे संसद् भवन स्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाउनुभएको हो ।
कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागगर्दै आएका छन् । नेपाली कांग्रेसलगायत विपक्षीदलले यही माग राख्दै लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । त्यसैगरी सभापति देउवाले आज बिहान ११ बजे कांग्रेस संसदीयदलको बैठक बोलाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच