
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा एकता युवा क्लबले खेल मैदान, बास्केटबलको फाइबर बोर्ड, प्याराफिट र मञ्च निर्माण गरेको छ । नवनिर्मित चारवटै संरचनाको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
सांसद गर्बुजाले भुमेपूजा मेलाले परम्परागत संस्कृति र खेलकुद क्षेत्रको प्रवद्र्धन र खेल प्रतिभाको पहिचान गर्न यहाँ निर्माण गरिएका संरचनाले सहयोग पुग्ने बताउनुभयो । भुमेपूजाको लिंगो जुधाइ प्रतियोगिता पराम्परागत संस्कृतिमात्र नभई गाउँको पहिचान रहेको बताउनुभयो । कांग्रेस म्याग्दीका सभापतिसमेत रहनुभएका सांसद गर्बुजाले दग्नाम-चिमखोला र कुइँनेमंगले सडक मर्मत र स्तरोन्नति गर्न बजेट विनियोजनका लागि पहल भइरहेको बताउनुभयो । ‘सडक स्तरोन्नतिलाई प्राथमिकता दिएर पहल गरिरहेको छु,’ उहाँले भन्नुभयो ।
यसैगरी दर्मिजा तातोपानीलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मेला पर्वले एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्ने, खेल प्रतिभाको पहिचान, संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्नमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले गाउँ-गाउँमा सञ्चालन हुने मेलापर्वलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
क्लब अध्यक्ष मनोज तिलिजाका अनुसार गण्डकी प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपैयाँ बजेटमा खेल मैदान निर्माण गरिएको हो । त्यसैगरी तुण्डी हाइड्रोपावर कम्पनीले उपलब्ध गराएको १४ लाख बजेटमा स्टेज निर्माण गरिएको हो । गाउँपालिकाबाट विनियोजित ११ लाख रुपैयाँमा प्याराफिट निर्माणसहित घेराबार गरिएको छ । त्यसैगरी दग्नाम जन्मघर भई हाल भारतीय सेनामा कार्यरत र अवकाश प्राप्त भूपू सैनिकहरूबाट संकलित रकमबाट फाइबर बोर्ड निर्माण गरिएको छ ।
क्लबका पूर्वअध्यक्ष गुन पुनले खेल मैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेको बताउनुभयो ।
एक सातासम्म सञ्चालन हुने मेलामा विविध सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको क्बल सचिव कृष्ण गर्बुजाले बताउनुभयो । क्लबले जग्गादाता र चन्दादाताहरूलाई सम्मान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच