
धनप्रसाद पण्डित
जेठ १३ गते आइतबारको अंकबाट क्रमशः
हाम्रो भ्रमणको यात्रा २०७९ वैशाख १६ गते शुक्रबारको दिन पद्मकन्या क्याम्पसको प्रांगणबाट भएको थियो एउटा बसमा क्याम्पस प्रमुख, टुर एजेन्ट, चालक दाइ गरी ३७ जना थियौं । हाम्रो पहिलो गन्तव्य मुक्तिनाथ थियो । त्यसैले हामी पहिलो दिन बेनीको गलेश्वर भन्ने ठाउँमा बास बस्यौं । भोलिपल्ट बिहानै गलेश्वर महादेवको दर्शन गरेर मार्फाको लागि हिँड्यौं । बीच बाटोमा पर्ने म्याग्दी जिल्लाको रुप्से झरनामा हामी धेरै रमायौं । रुप्से झरना पनि एउटा प्रकृतिको सुन्दर उपहार रहेछ । यस झरनाले जोसुकैको मन लोभ्याउने रहेछ । हामी पनि रुप्से झरनाको सुन्दरतामा रमायौं, केही फोटो तथा भिडियो खिचेर आफ्नो बाटो लाग्यौं ।
त्यस दिन हामी चार बजेतिर मार्फा पुग्यौं । मार्फा मुस्ताङ जिल्लामा पर्दछ । हामी मुस्ताङलाई हिमालपारिका जिल्ला भनेर पनि चिन्दछौँ । वास्तवमा मार्फा गाउँ एकदमै सुन्दर रहेछ । यहाँको सुन्दर, शान्त वातावरण चिसो तथा मन्द हावाले मेरो मन नै प्रफुल्लित भएको थियो ।
हामी एकदमै रमाइरहेका थियौँ । त्यहाँका घरहरूको आकार सामान्य घरहरूभन्दा विल्कुल फरक थियो । सेतो ढुंगाले बनेको अनि घरको छानामाथि दाउरा राखिएको थियो । त्यो हाम्रा लागि एकदमै अनौठो थियो । त्यहाँको मुख्य बालीनाली स्याउ, जौ, उवा र गहुँ रहेछ । हामीले त्यहाँका धेरै कुराहरू अवलोकन गरी रमाउने अवसर पायौँ । हामी भोलिपल्ट बिहानै नेपालकै प्रसिद्ध मुक्तिनाथको दर्शन गर्न गयौं । त्यहीँ गएर स्नान गरी पूजा गरेर फक्र्याैं । हाम्रो यात्रा एकदम रमाइलो भयो ।
यात्राको पाँचौं दिनमा हामी राराताल प्रस्थान गर्यौं । नेपालकै ठूलो तालरारा ताल मुगु जिल्लामा पर्दछ । पोखराबाट पाल्पा, बुटवल, बाँके, बर्दिया, कालिकोट, जुम्ला हुँदै हामी मुगु जिल्लाको रारा ताल पुग्यौं ।
यात्राको पाँचौँ दिनमा हामी रारा ताल जानका लागि प्रस्थान गर्यौँ । नेपालकै ठूलो ताल रारा ताल मुगु जिल्लामा पर्दछ । पोखराबाट पाल्पा, बुटवल, बाँके, बर्दिया, कालिकोट, जुम्ला हुँदै हामी मुगु जिल्लाको रारा ताल पुग्यौं । चिसो, सुन्दर, शान्त वातावरण चारैतिर हरियाली वनजंगलको बीचमा नीलो ताल थियो । साँच्चै रारा ताल स्वर्गको टुक्रा जस्तै सुन्दर रहेछ । यति धेरै सफा, सुन्दर, हरियाली ठाउँ देखेर जो कोही मन प्रफुल्लित किन नहोला र ? प्रकृतिको सुन्दर उपहार राराताल देखेर मैले आफूले आफैंलाई बिर्सिसकेकी थिएँ । त्यो वातावरण र हावापानी देखेर म भावनाको तालमा डुबिसकेकी थिएँ । हामी सबै जनाले आफ्ना साथीहरूसँग फोटो र भिडियो खिचेर धेरै रमाइलो गर्यौं ।’
बिबिएम छैटौं सत्रकी छात्रा प्रशंसा निरौला आफ्नो समूहको प्रतिवेदन यसरी लेख्छिन् :
कालिकोट पुग्ने दिन म निक्कै बिरामी परेँ । गुराँसेमा खाना खाई हिँडेपछि मलाई वाक्वाकी लाग्दै थियो । केही बेरपछि काफल बेच्ने मान्छे आयो । मैले काफल किनेँ र सबैले खायौं । काफलले केही बेर त वाक्वाकी कम भयो तर एक्कै छिनपछि बान्ता हुन थाल्यो । मलाई बाटामा १५÷२० पटक जति बान्ता भयो । तीनपल्ट पखाला भयो । जेनतेन कालिकोटको मान्म मात्र के पुगेका थियौं मलाई त फेरि रोक्नै नसक्ने गरी झाडाबान्ता भयो । मलाई औधि डर लाग्यो । तीन लिटर जीवन जल खाएँ । त्यो जीवनजल त जस्ताको तस्तै माथि र तलबाट निस्क्यो । लो ब्लड प्रेसर भएको मान्छे त्यसमाथि धेरै झाडाबान्ता हुँदा बेहोस् पो हुन्छु कि जस्तो लाग्यो ।
त्यसैले अग्निधर पराजुली सरलाई मलाई एक्लै नछोड्नु होला भनेँ । खुमप्रसाद शर्मा वा रेग्मी सरमध्ये एकजनालाई म भएको कोठामा सुत्ने प्रबन्ध गर्नुहोला भनेँ । राति एक बजेसम्म भएको झाडाबान्ताले म निकै थलिएको थिएँ । तर गनाउने कोठा भएकाले हो वा अलिक बढी खानपान भएकाले हो मेरो कोठामा कोही पनि सुतेनछन् । ढोका खुला राखेको रहेछ । मलाई पनि कुन बेला निन्द्रा लाग्यो थाहा छैन । बिहान उठ्दा केही सञ्चो भएको महसुस भयो । राति केही पनि खाएको थिएन । बिहानै कालो चिया खाएँ । अलिक ठीक भएजस्तो लाग्यो ।
केही बेर बाहिरको स्वच्छ हावामा निस्केँ । खाजा तथा ब्रेकफाष्ट पनि खाइनँ । कालिकोटबाट मुगुतिर जाँदा बाटामा खाना खायौं । त्यसपछि मेरो डायरिया निको भयो, त्यसले कमजोर चाँहि बनाएछ । साथीहरूले पनि साह्रै बढी भएमा अन्य माध्यमबाट सुगमतिर पठाउने निधो गरेको कुरा सुनँे । राशी राई, स्वास्तिका गुरुङ, प्रशंसा श्रेष्ठ, दीक्षा भुजेल यात्राभरिका तीन-चार क्लिक ग्रुपमध्ये एक क्लिक ग्रुप यात्राभरि सबैसँग घुलमिल हुनुको सट्टा आआफ्नै समूहमा मस्त भए छात्राहरू) बिबिएम छैटौं सेमेस्टर ‘ख’ समूहकी छात्रा सोनु पौडेल यस शैक्षिक
भ्रमणबारे आफ्नो अनुभव यसरी प्रस्तुत गर्छिन् :
‘नेपालको सबैभन्दा ठूलो ताल रारा अवलोकन गर्न जाने भन्ने कुरा उठेदेखि मलाई रमाइलो महसुस भएको थियो । पुग्नका लागि धेरै अप्ठ्यारो र म बस्ने ठाउँबाट धेरै टाढाको यात्राको तय भएकै दिन मैले घरमा भनेकी थिएँ । १३ दिनको हाम्रो यात्रा पहिले मुस्ताङ (मुक्तिक्षेत्र) हुँदै राराताल अनि बर्दिया जंगल सफारीबाट सकिँदै आएको छ । धेरै दिन साथीहरूसँग बस्दा उठ्दा उनीहरूको बानी लागेको जस्तो महसुस भइरहहेको छ । अन्तिम दिन बिहान उठेर चितवनबाट घर फर्किँदै गर्दा साथीहरूसँग बिताएको १२ दिनको सारै नै याद आयो । कति चाँडै समय गएछ जस्तो लाग्यो । जीवनका सबैभन्दा स्मरणीय पलहरू अनि साथीको माया सबै महसुस गर्न पाएँ । भोलिदेखि उही दिन, उही घर, उही कक्षाकोठा र अनि उही पुरानै दिनचर्या थालिनेछ ।
वैशाखको १६ गते काठमाडौंबाट गुडेका हामी धादिङ, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ, स्याङजा, पाल्पा, रूपन्देही (बुटवल), अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कैलाली, कपिलवस्तु जिल्लाको भ्रमणपछि १३औं दिनमा क्याम्पस फक्र्यौं ।
नेपाल अविकसित देश भए तापनि यहाँको सांस्कृतिक, प्राकृतिक धरोहरहरूलाई बुझ्दै केही नयाँ कुराहरू सिक्दै हाम्रो पद्मकन्या कलेजबाट २०७९ साल वैशाख १६ गतेका दिनदेखि भएको मुक्तिनाथ र रारा भ्रमण अविस्मरणीय रहृयो । हाम्रा दिदीहरूले छिमेकी देश भारतको भ्रमण गर्नुभएको थियो । हाम्रो अहिले देशको अवस्था राम्रो नभएर अनि समयको अभावले गर्दा रारा भ्रमणको कुरा उठेको थियो । हरेक वर्ष हाम्रो कलेजबाट भारतमा धेरै पैसाहरू त्यहाँको पर्यटनमा खर्च हुन्थ्यो तर यसपटक हामीले हाम्रै देशको पर्यटन विकासका लागि केही सहयोग पु¥याएको छौं जस्तो लाग्यो । आन्तरिक पर्यटनमा हाम्रो धेरै नभए पनि थोरै सहयोग पुगेकाले गर्दा खुशी नै लागेको छ ।’
वैशाख २६ गते सुर्खेतबाट कोहलपुर हुँदै हामी चिसापानीको पुल हेर्न गयौँ । दिउँसोकोे समय भएकोले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यबाट जाँदा जाने बेलामा सयौं मृगहरू र केही मयूरहरू सडकको दायाँपट्टि उत्तरतिर देखापरे । कर्णाली पुलमा धेरै फोटो, भिडियो खिचेर फर्कँदा करिब चारपाँच किलो मिटर पार गरेपछि बडेमाको जंगली हात्ती देख्यौं । यस्तो हात्ती मैले कहिल्यै देखेको थिइनँ । सन् १९८६ देखि धेरै पटक जंगल ड्राइभ, हात्ती सफारी गरेको सयौं पटक भयो होला । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बदेल, मृग, जरायो देखे पनि जंगली हात्ती र बाघ देखेको थिइनँ । आज भने पहिलो पटक जंगली हात्ती देख्यौं । यो यात्राको एक महत्वपूर्ण उपलब्धि हो । बेलुका ठाकुरद्वारा गएर थारू होम रिसोर्टमा बस्यौं राति खाजा खाई आराम मात्र गर्यौं ।
वैशाख २७ गते बिहान छ बजे चिया खाएर तीनवटा जिपमा राष्ट्रिय निकुञ्जभित्र जिप सफारीको लागि तयार भयौँ । तीनवटा जिप आइसकेपछि हामी जिपमा बस्यौँ । म बसेको जिपमा इच्छा, स्वस्तिका, शशि, दीक्षा र प्रशंसा गरी जम्मा पाँचजना छात्रा थिए । सबैभन्दा सानो जिप भएकोले अरू दुई जिपमा धेरै छात्रा, चालक दल र स्टाफ बसे । प्रतीक्षा भट्टराई, इच्छा काफ्ले, म मुक्तिनाथ जाँदादेखि नै अस्वस्थ भयौँ । झण्डै साँढे एक वर्षपछि घाँटीको समस्या फेरि सुरु भयो । चिसो र धुलोको एलर्जी (फेरेन्जाइटिस) जोमसोमतिरको धुलोले आँखा पाकेजस्तै भयो ।
साहै्र बिझाउने, घोच्ने अनि दुख्ने, सुत्न पनि नसकिने र चिप्रा आइरहने साँच्चै समस्या भयो । घाँटी र आँखाको इन्फेक्सनले निकै सतायो । समूहको यात्रा थियो । अरूलाई समस्या नहोस् भन्ने चाहनाले आफ्नो दुःख लुकाएरै बसेँ । गाभर होम स्टेमा बास बसेर बिहान ब्रेकफास्टपछि हामी काठमाडौं फर्कन तयार भयौँ । यसरी वैशाखको १६ गते काठमाडौंबाट गुडेका हामी धादिङ, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङ, स्याङजा, पाल्पा, रुपन्देही (बुटवल), अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कैलाली, कपिलवस्तु जिल्लाको भ्रमणपछि १३औं दिनमा क्याम्पस फक्र्यौं । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच