
काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच उक्त अवार्डको नयाँ संस्करण सम्पन्न भएको हो । समारोहमा प्रतिष्ठित गीतकार चूडामणि देवकोटालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । गीतकार देवकोटालाई नगद राशि ५१ हजार रुपैयाँसहित उक्त सम्मान अर्पण गरिएको थियो । त्यसैगरी पप सम्राट ओमविक्रम विष्टलाई म्युजिक खबर डायस्पोरा संगति सम्मान अर्पण गरिएको थियो । तीन दशक लामो समयदेखि गायन, संगीत र संगीत संयोजनको माध्यमले योगदान पुर्याउने अशोककुमार राईलाई म्युजिक खबर रजत संगीत सम्मान अर्पण गरिएको थियो ।
म्युजिक खबर दशक संगीत सम्मानबाट लोकप्रिय गायक राजु परियार र लोकप्रिय गायिका रीता थापा मगरलाई सम्मान गरिएकोे थियो । त्यस्तै लोकप्रिय गायक, सर्जक बैकुण्ठ महतलाई म्युजिक खबर युवा प्रतिभा संगीत सम्मान अर्पण गरिएको थियो भने बाल गायक अशोक दर्जीलाई म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील रहहनुभएका पत्रकार डब्बु क्षत्री र सुदर्शनप्रसाद आचार्यलाई म्युजिक खबर संगीत पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उहाँहरूलाई नगद राशि पाँच हजार ५५५ रुपैयाँसहित सम्मान अर्पण गरिएको थियोे । यस्तै प्रवासमा रहेर पनि नेपालीहरूको सुखदुःखको सारथी बन्दै आउनुभएका व्यवसायी समाजसेवी विष्णु शाही ठकुरीलाई म्युजिक खबर सामाजिक व्यक्तित्व सम्मान अर्पण गरिएको थियो ।
विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरूलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा गायक कर्ण दास र गायिका संगीता राना प्रधान उत्कृष्ट आधुनिक गायक गायिका घोषित हुनुभयो । गायक कर्ण दास ‘प्रतिक्षा’ गीतबाट उत्कृष्ट गायक घोषित हुनुभयो भने संगीत राना प्रधान ‘आँसुका कथा’बाट उत्कृष्ट गायिका घोषित गरिएको थियो ।
लोकदोहोरी विधातर्फ गायक राजु गुरुङ र गायिका सञ्जु न्यौपाने उत्कृष्ट गायक गायिका घोषित हुनुभयो । ‘डुम्रे बजार’ गीतबाट गायक राजु गुरुङ र ‘लामो कपाल’बाट गायिका सञ्जु न्यौपाने उत्कृष्ट गायक गायिका लोकदोहोरी घोषित हुनु भएको थियो । त्यसैगरी चलचित्रतर्फ गायक राजनराज शिवाकोटी र गायिका सत्यकला राई उत्कृष्ट गायक गायिका घोषित हुनुभएको थियो । चलचित्र ‘प्रसाद-२’ को ‘मार्सी धान’ गीतबाट राजनराज शिवाकोटी उत्कृष्ट हुनुभएको हो भने चलचित्र ‘काँडेतार’को काँडेतार शीर्ष गीतबाट गायिका सत्यकला राई उत्कृष्टको अवार्ड प्रदान गरिएको थियो ।
विशिष्ट कला साधकहरूको सहभागिताले ११ औं वर्षसम्म निरन्तरता पाएको र गीतसंगीत क्षेत्रमा क्रियाशील स्रष्टा, कलाकारहरूलाई सम्मान तथा प्रत्साहनको कार्य गर्न पाएकोमा म्युजिक खबर सदैव ऋणी रहेको अवार्डका अध्यक्ष सुमन पण्डितले बताउनुभयो । अध्यक्ष पण्डितले कार्यक्रम सम्पन्न पार्न सहयोग पु¥याउने संघसंस्था र प्रयोजकहरूलाई धन्यवाद दिनुभएको थियो ।
गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा गीत, संगीत, चलचित्र एवं साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व र संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच