काठमाडौं । साहित्यकार रत्नकुमार इङ्नामको कृति ‘श्री गुरु भुवानन्द ब्रहृमचारी’को लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच पूर्वप्रमुख जिल्ला अधिकारी भगिराज इङ्नाम, ज्योतिषविद डा।चन्द्रकुमार शेर्मा, प्रज्ञा परिषद् सदस्य चेतन सापकोटालगायतले सामूहिक रूपमा उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले स्वागत भाषण गर्नुभएको सो अवसरमा प्रमुख अतिथि मदन पुरस्कार विजेता भगिराज इङ्नाम हुनुहुन्थ्यो भने विशेष अतिथि ज्योतिषविद डा। चन्द्रकुमार शेर्मा युवा नेता रमेश लिङदेन रहनुभएको थियो ।
त्यस्तै अन्य अतिथिहरूमा प्रज्ञा परिषद् सदस्य चेतन सापकोटा, इन्द्रबहादुर चोङबाङ, चलचित्र निर्माता संघको सचिव किसान पोखरेल, मिक्तोक इङ्नामलगायत रहनुभएको थियो ।
कृतिका बारेमा आफ्ना भनाइ राख्दै अतिथिहरूले गुरु भुवानन्द ब्रहृमचारीको समाज र समुदायको उन्नतिको निम्ति उहाँले गर्नुभएको त्याग ज्ञान प्राप्तिको लागि सिक्किम, भुटानलगायत विभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबैलाई चेतना र सन्देश दिनुभएको थियो भन्दै घर्मले जहिले पनि समाजलाई सकारात्मक दिशातर्फ लैजान्छ भन्ने आ–आफ्नो धारणा राख्नु भएको थियो ।
लेखक इङ्नामले आफ्ना भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा भएको अनुभव ’श्री गुरु भुवानन्द ब्रहृमचारी’को महिमा र उहाँको योगदानको चर्चाको साथै समय सापेक्ष केही कविता पनि सुनाउनु भएको थियो । उहाँले चाडै अर्को पुस्तक पाठक माझ लिएर आउने जानकारी पनि दिनुभएको थियो । उहाँको यो तेस्रो पुस्तक कृति हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच