
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १३ का महिलाहरुलाई उद्यमी बनाउन व्यवसायिक अचार बनाउने तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नारी जागरण केन्द्र रत्ननगरले आयोजना गरेको सो तालिममा महिलाहरुलाई आठ प्रकारका अचार बनाउन सिकाइएको थियो ।
समापन कार्यक्रममा वडाध्यक्ष पोटबहादुर घिमिरे, वडा सदस्य शारदा न्यौपाने र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अबसरमा वडाध्यक्ष घिमिरेले सीप विकास मार्फत महिलालाई आत्मनिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरिएको भन्दै सिकेको सीपलाई आर्थिक उपार्जनको आधार बनाउन आग्रह गर्नुभयो ।
केन्द्रकी अध्यक्ष खनालले नारी नागरणले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको भन्दै स्थानीय सरकारसंगको सहकार्यमा सीपमुलक तालिम सञ्चालन गरिएको बताउनुभयो । सीपको सदुपयोग गर्दै जीवनशैली परिर्वतन तर्फ ध्यान केन्द्रीत गर्न उहाँले आग्रह गर्नुभयो ।
वडा सदस्य शारदा न्यौपाने प्रमुख अतिथि रहेको समापन कार्यक्रममा वडा सचिव खगराज पराजुली, केन्द्रकी निर्वतमान अध्यक्ष सपना बोहरा, केन्द्रकी सदस्य निर्मला खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।
तालिममा ६ जना एकल महिला, ६ जना दलीत महिला सहित २२ जनाको सहभागिता रहेको थियो । शक्तिशाली आमा समुहको भवनमा आयोजित तालिमको प्रशिक्षकमा संगिता खनाल र सरस्वती लामा रहनुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच