
काठमाडौं । क्यापिटल क्वीन नेपालको ताज भक्तपुर बोडेकी रमिता भण्डारीले चुम्नुभएको छ । ताजसँगै भण्डारीले नेपाल फेशन इन्टरटेनमेन्ट अर्वाड २०२५ जापानमा जानका लागि इन्ट्री प्याकेजसमेत प्राप्त गर्नुभएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा मनिषा मगर फष्ट रनरअप तथा विपुला केसी सेकेण्ड रनरअपको ताज पहिरनुभयो ।
हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रमको सातौं संस्करण हो । हिमानी सब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरूले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गीतमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विविध सवटाइटल अवार्डहरू वितरण गरिएको थियो ।
जसमा रमिता भण्डारी मोष्ट इन्टिलिजेण्ट, मनिषा मगर वेष्ट फोटोजेनिक र मोष्ट पपुलर, विपुला केसी मोष्ट स्मार्ट, जुना भण्डारी वेष्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो, सृष्टि कला सिग्देल मोष्ट अप्टिमिस्टिक, रोजी बलोन मोष्ट डिलाइटफुल, रेनु गहतराज मोष्ट चार्मिङ, कोपीला परियार मोष्ट डिलिजेण्ट, सविना ब्लोन मोष्ट डेडिकेटेड, र उर्वशी श्रेष्ठ मोष्ट एयाक्टिम हुनुभएको थियो ।
नायक एवं मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौलागाईं, मिसेस डिभा नेपाल २०२२ हेमा योञ्जन, मिसेस’ नोवेल नेपाल २०२२ शर्मिला थापा र मिसेस डिमा २०२४ सन्तु लामा निर्णायक मण्डल रहेको कार्यक्रम रोजिन शाक्यले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच