काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुलेट राइड हुने भएको छ । शुक्रबार सुरु हुने राइड शनिबारसम्म चल्नेछ । बुलेट सर्भिस सेन्टरको आयोजनामा हुने यस राइडमा ३० बाइकको सहभागिता रहनेछ । राइड काठमाडौंबाट सुरु भएर सिन्धुलीगढी पुगेर टुंगिनेछ ।
पहिलो दिन मूलकोटको ताज रिभरसाइड रिसोर्ट एण्ड एड्भेन्चरमा बस्ने आयोजकको योजना छ । दोस्रो दिन ऐतिहासिक स्थल सिन्धुलीगढीको अवलोकन, सुनकोशीमा राफ्टिङ, बाइकसम्बन्धी विभिन्न खेल सम्पन्न गरी काठमाडौं फर्कने तालिका छ ।
एड्भान्चर विथ सञ्जयको उद्घाटन गर्ने उद्देश्यका साथ हुन गइरहेको राइडलाई मिचिलिन टायर र कुमारी ट्रेडिङ्सले सहयोग गर्नेछन् । यसअघि पनि सञ्जयको नेतृत्वमा नेपालको ढोरपाटन, पोखरालगायतका पर्यटकीय स्थलका साथै भारतको सिक्किम ग्यान्टोकसम्मको बुलेट राइड कार्यक्रम आयोजना भएको थियो । बुलेट सर्भिस सेन्टरले प्रत्येक वर्ष बाइक राइडसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच