काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार भएको छ ।
विशेष समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो ।
सहकारी छानविन सम्बन्धि कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचिहरु पनि तय गरेको छ । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, वचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूचि पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ ।
सभापति थापाले भन्नुभयो, ‘आजको बैठकमा कार्यादेशसँग सम्बन्धित माननीयज्युहरु माननीय महेश बर्तौला, माननीय हितराज पाण्डे, माननीय रमेश लेखक, माननीय ज्ञानेन्द्रबहादुर कार्की र माननीय जीवन परियार उपस्थित हुनुभयो । उहाँहरुले कार्यादेश निर्माणको एकरुप बुझाईबारे समितिलाई जानकारी गराउनु भयो । हामीले अरु विभिन्न पक्षसँग पनि उहाँहरुसँग छलफल ग-यौ । र, त्यस आधारमा हामीले कार्यविधिमा छलफल ग-यौं । छलफल गरेर आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ । हामीले मस्यौदा कार्यविधिमा छलफल गरेर त्यसलाई प्राप्त विभिन्न खालको सुझावलाई समेटनेगरी पारित गरेका छौं । र हामीले विभिन्न छानविन समिति, जाँचबुझ आयोगलगायतले विगतमा अध्ययन गरेका प्रतिवेदनहरु उपलब्ध गराउन सम्बन्धित निकायलाई दोस्रो बैठकबाटै पत्राचार गरेका थियौं । त्यसमध्ये धेरै अधिक संख्याका प्रतिवेदनहरु प्राप्त भएका छन । र सबै प्राप्त गरिसक्ने गरी पनि समितिलाई समन्वय गर्न निर्देशन दिएका छौं । र कार्यविधि जुन सुझावसहित पारित भएको छ । त्यसलाई अन्तिम रुप दिने र त्यसलाई प्रमाणिकरण गर्ने कार्यसँगै अव समितिले अब औपचारिक रुपमा काम अघि बढाउने सबै तयारी आधार प्राप्त भएको छ । कार्यविधि जुन हामीले बनाएका छौं । त्यसले हामीलाई काम गर्ने धेरै बाटोहरु तय गरेको छ । हामीलाई सजिलो बनाएको छ । त्यस अन्तरगत हामीले पहिलो छलफल संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु गर्नेछौं । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, वचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु गर्नेछौं । हामी प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि यो तथ्यहरु संकलन गर्ने, जानकारीहरु लिने काम गर्ने कार्यसूचिसहित आजको बैठक सम्पन्न भएको छ ।’
विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीहरुको तथ्यहरु संकलन गर्ने, जानकारीहरु लिने पनि उल्लेख गरिएको छ । विगतका सहकारी सम्बन्धि प्रतिवेदनहरु विशेष समितिमा अधिकांश आईसकेको र आउन बाँकि पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएकोको विशेष समितिका सभापति थापाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच