काठमाडौं । आइसिसी टी-२० अन्तर्राष्ट्रिय अलराउण्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले एकसाथ तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा आफूलाई उकाल्नुभएको छ । यसअघिको वरीयतामा नवौँ स्थानमा रहनुभएका दीपेन्द्र बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैटौँ स्थानमा छलाङ मार्नुभएको हो ।
यसपटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्याण्डका लाइम लिभिङस्टोन र इंग्ल्याण्डकै मोइन अलीलाई पछि पार्नुभएको छ । नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ । यसअघि ३५औँ स्थानमा रहनुभएका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा हुनुहुन्छ ।
यस्तै, कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गर्नुभएको छ । यसअघि ६६औँ स्थानमा रहनुभएका रोहितले ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा आइपुग्नुभएको छ ।
गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुग्नुभएको छ भने गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा हुनुहुन्छ । नेपालका करण केसीको पनि वरीयता खस्किएको छ । उहाँ ६ स्थान तल झर्दा ७५औँ स्थानमा पुग्नुभएको छ ।
विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिस पहिलो स्थान हुनुहुन्छ । यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा हुनुहुन्छ ।
जिम्बाबेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एक स्थान माथि पाँचौँ वरीयतामा हुनुहुन्छ । आइसिसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच