
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको रुप्से झरनामा गएराती आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकखण्डको माथिल्लो भागबाट खसेको ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी तर्फ ठाउँठाउँमा पहिरोले बर्खाको समयमा सताउने गरेको छ । म्याग्दीखण्डको गलेश्वरदेखि घासासम्म करिब आधादर्जन ठूलो पहिरो छ । सडक विस्तार जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।
मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । हिलाम्ये सडकका कारण साना ठूला सवारी साधन आवतजावतमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।
सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा घण्टौंसम्म फस्ने गरेका छन् । सडक सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताउनुभयो। “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरेपनि पुनः पहिरो खस्ने गरेको छ” उहाँले भन्नुभयो ।
उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकता उपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ ।
मुस्ताङ जोड्ने सडक रघुगंगा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभीरमा धेरै समस्या रहेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडक खण्ड अन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । वर्खाको समयमा यात्रुले वर्षैनी ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच