
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभाहलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो ।
२०८० साल पुस ५ गते निर्माण कार्य सुरु भएको कभर्डहलको निर्माण कार्य २०८१ साल जेठ ५ गते सम्पन्न भएको थियो । कभर्डहल निर्माणका लागि गुल्मीका ८४ वर्षीय गुरूप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो ।
हलमा दुई कोर्ट रहेका छन् । जम्मा एक करोड २४ लाख लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि राखेपले ९० लाख रुपैयाँ सहयोग गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच