
काठमाडौं । कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरूलाल द सोल अफ कर्णाली’को सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ ।
सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गर्नुभएको गीतको म्युजिक कम्पोज चक्र बलमे गर्नुभएको हो ।
उहाँ म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुनुहुन्छ । उहाँलाई यो गीत गायनमा रचना रिमालले साथ दिनुभएको छ । गीतमा समावेश ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रादेवी बादीले स्वर भर्नुभएको छ । यस गीतका संगीत निर्माता कोविद बज्र हुनुहुन्छ ।
सौरभ लामिछानेको छायांकन रहेको गीतको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनुनाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गर्नुभएको छ । अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भूमिका निवार्ह गर्नुभएको छ । जो परदेशिएका श्रीमान्को प्रतिक्षामा छिन् ।
यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुनुहुन्छ । पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच