
नारायणप्रसाद भण्डारी
केही दिनअघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले शैक्षिक जगत्लाई स्तब्ध पारेको छ । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका-२०७८ अनुसार यस पटक नतिजा प्रकाशन गर्दा आधाभन्दा बढी विद्यार्थी ननग्रेडेड भएपछि सरोकारवाला पक्षहरूमाथि प्रश्नका भुमरी नै उठेका छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मक तर्फको प्राप्तांक जोडेर ३५ प्रतिशत अंक ल्याउँदा विद्यार्थीले माथिल्लो कक्षामा भर्ना पाउँथे । प्रयोगात्मक अंकका भरमा ‘ग्रेडेड’ हुने विद्यार्थीको संख्या ठूलो देखिएपछि सरकारले निर्देशिका परिमार्जन गरेर सैद्धान्तिकमा पनि ३५ प्रतिशत अंक कटाउनै पर्ने व्यवस्था गरेपछि नतिजा एकदमै निराशाजनक देखिएको हो । अझ निजी विद्यालयको नतिजालाई समावेश नगरीकन हेर्ने हो भने त सामुदायिक विद्यालयको नतिजा कहालीलाग्दो नै छ । कतिपय विद्यार्थीका हकमा मिहिनेत पुगेन होला तर ननग्रेडेड हुनुमा विद्यार्थीको मात्र कमजोरी छैन । अनुत्तीर्ण हुनुको दोषी अभिभावक हो, विद्यालय हो, शिक्षक हो, समाज हो र राज्यको नीति । यसका पछाडि अनेकौँ कारण छन् त्यसको विश्लेषण छुट्टै गर्नुपर्छ ।
नपढे पनि हुन्छ भन्ने गलत सोचाइले धेरै विद्यार्थी प्रायः असफल हुने गरेका पछिल्ला वर्षका नतिजाले देखाएको छ । खासगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी विषय जटिल बनिदिन्छ भने निजी बोर्डिङका विद्यार्थीलाई नेपाली विषय जटिल बनिदिन्छ । तर, सबै विषय आ-आफ्ना स्थानमा उत्तिकै महत्वपूर्ण हुन्छन्, सबै विषयलाई समान महत्व र समय दिएर तयार गरेको खण्डमा सफलता अवश्य हासिल गर्न सकिन्छ ।
वि.सं. २०७२ सालदेखि नेपालमा अक्षरांकन प्रणाली भित्रिएको हो । तर, यसको मर्म र आशय सबैले बुझ्न नसक्दा केही गलत अभ्यास पनि गरिए । विद्यार्थीका कानमा ‘अब तिमी फेल हुँदैनौँ’ भन्ने कुरा मन्त्रसरी गुञ्जियो । जसको कारण फेल नहुने भन्ने मन्त्रले लठ्ठिएका शिक्षक तथा विद्यार्थीको मस्तिष्कमा अब नपढे नि भयो भन्ने मान्यताले जरा गाड्यो । एक किसिमले भन्ने हो भने यसले पठन संस्कृतिलाई केही हदसम्म कमजोर पनि गरायो । सोही कारण निश्चित अंक नल्याए फेल गराउने प्रावधानलाई फेरि लागू गरियो । अहिलेको अनुसार नतिजा प्रकाशन गर्दा विद्यार्थीमा पठन संस्कृति अभिवृद्धि गर्ने बुझाइ नीति निर्माताहरूको देखिन्छ । तर, यसरी छिटो-छिटो मूल्यांकन पद्धति बदल्दा विद्यार्थीको नतिजामा पर्ने प्रभावमा पर्याप्त ध्यान दिइएको पाइँदैन । ग्रेड प्राप्त विद्यार्थीले त माथिल्लो कक्षामा पढ्लान्, ननग्रेडेड विद्यार्थीका लागि के गर्ने भन्ने योजना पनि सरकारसँग छैन । कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ६० प्रतिशत हाराहारीले बीचैमा विद्यालय छाड्ने गरेको तथ्यांक छ । जसोतसो एसईई दिएकामध्ये पनि आधाभन्दा बढी माथिल्लो कक्षामा जानै अयोग्य हुनुपर्ने अवस्था विडम्बनापूर्ण छ । दशकअघि अंकमा आधारित मूल्यांकन प्रणाली हुँदा पनि अनुत्तीर्ण प्रतिशत अहिलेकै हाराहारी थियो । त्यसैले एसइईको नतिजालाई आधार बनाएर शैक्षिक स्तर सुधारमा सरोकारवाला निकायहरू गम्भीरतापूर्वक लाग्नुपर्छ ।
नपढे पनि हुन्छ भन्ने गलत सोचाइले धेरै विद्यार्थी प्रायः असफल हुने गरेका पछिल्ला वर्षका नतिजाले देखाएको छ । खासगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी विषय जटिल बनिदिन्छ भने निजी बोर्डिङका विद्यार्थीलाई नेपाली विषय जटिल बनिदिन्छ । तर, सबै विषय आ-आफ्ना स्थानमा उत्तिकै महत्वपूर्ण हुन्छन्, सबै विषयलाई समान महत्व र समय दिएर तयार गरेको खण्डमा सफलता अवश्य हासिल गर्न सकिन्छ । अंग्रेजी, गणित, विज्ञान भन्नेबित्तिकै साह्रै गाह्रो विषय हुन् भन्ने मनोवैज्ञानिक त्रासले विद्यार्थीलाई सताउने गरेको छ । जबसम्म यो डर र त्रासको मानसिकतालाई दिमागबाट हटाउन सकिँदैन परीक्षामा सफलता पाउन त्यत्तिकै गाह्रो हुनेतर्फ विद्यार्थी सचेत हुनुपर्छ । अभिभावकले पनि परीक्षा भनेको हाउगुजी हो भन्ने गलत सोचाइलाई हटाइदिन सक्नुपर्छ । अभिभावकको अनावश्यक दबाब र अपेक्षाले पनि परीक्षार्थीलाई चिन्तित बनाउने गरेको हुन्छ । तसर्थ, सबै विषयका प्रश्न ढाँचा र विषयवस्तुका आधारमा पूरा तयारी गरेर मात्र परीक्षा हलभित्र पस्ने वातावरणको निर्माण गरिदिनु पर्छ ।
गणित विज्ञान र अंग्रेजीका विषयवस्तुहरू विद्यार्थीको रुचि, क्षमता र निस्सारताको कारण निकै अप्ठ्यारा लाग्छन् । विद्यार्थीहरू सबैभन्दा बढी असफल हुने वा ‘भेरी अनसफिसेन्ट’ ग्रेड प्राप्त गर्ने विषय पनि यिनै हुन् । तर, यी विषयमा शिक्षक, अभिभावक वा अन्य पक्षहरूबाट सिर्जना गरिने हाउगुजीले यी विषय वास्तवमै अप्ठ्यारा लाग्छन् र त्यसमा पास हुन सहज छैन भन्ने मानसिकताको विकास विद्यार्थीमा परेको छ । आइरन गेट वा फलामको ढोका भन्दै एसएलसी हालको एसइई परीक्षा परीक्षार्थीको मनोविज्ञानमा यसरी बसेको छ कि एसइईको नामले मात्र पनि विद्यार्थी तर्सिन थाल्छन् । कक्षा १ देखि कक्षा ९ सम्म एउटै रफ्तारमा पढिरहेको एउटा विद्यार्थी कक्षा १० पुगेपछि एक्कासि तर्सिन र आत्तिन थाल्छ । बढी मिहिनेत गर्न थाल्छ । किनकि कक्षा १० मा पुगेपछि उसलाई एसएलसी र एसइईवाला भूतले तर्साउन थालिहाल्छ । एकदेखि नौसम्म एउटा रफ्तारमा पढिरहेको विद्यार्थी अचानक गति बढाउन त जादुकै छडी घुमाउनुपर्ने हुन्छ । त्यसपछि सुरु हुन्छ डिप्रेसन । असफल हुने त्रास यति जब्बर रूपमा ऊभित्र प्रवेश गर्न थाल्छ कि ‘अब असफल भएँ भने बाँकी जीवनको कुनै अर्थ रहन्न ।’ एकातिर कक्षा १० मा मात्र कडा मिहिनेत गरेर पढाइलाई सुधार गर्नुपर्ने र असफल भइयो भने बाँकी जीवनका सबै पाटा अन्धकार तथा बेकार ठान्ने गरेका छन् । अनि त विद्यार्थी आत्महत्याको बाटो सोच्नसमेत बाध्य हुन्छन् ।
उमेरका हिसाबले एसईई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरू नाबालक नै हुन् । तिनको अर्धचेतन मस्तिष्क पनि बलियो तथा पूर्णरूपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरण शक्तिका हिसाबले यो उमेर समूहका बालबालिकाहरू कमजोर नै हुन्छन् । बल्ल त उनीहरूको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास भएको हुँदैन ।
अक्षरांकन पद्धति सुरु भएपछि डिभिजनवाला विभेद केही धर्मराएको त छ । तर, विशिष्ट श्रेणी वा फस्ट डिभिजनवाला मानसिकता ग्रेडतिर सरेको छ । ‘ए प्लस’ वा ‘ए’लाई सफलताको मापनको नयाँ सीमा बनाइएको छ । अझ भनौँ ९० माथि ल्याउने ‘ए प्लस’ ८० माथि ल्याउने ‘ए’ भनेर हिसाब गर्ने पुरानै तरिकाको मापन विधि विद्यार्थी अभिभावक र शिक्षकको मानसिकताबाट हट्न सकेको छैन ।
उमेरका हिसाबले एसईई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरू नाबालक नै हुन् । तिनको अर्धचेतन मस्तिष्क पनि बलियो तथा पूर्णरूपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरण शक्तिका हिसाबले यो उमेर समूहका बालबालिकाहरू कमजोर नै हुन्छन् । बल्ल त उनीहरूको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास भएको हुँदैन । विद्यार्थीलाई विगतदेखि नै एसइई अर्थात् विगतको एसएलसी ‘आइरन गेट’हो भनिँदै आइयो । विद्यार्थी पनि एसइईलाई यसरी तयारी गर्नुपर्छ कि मानौँ जीवनको ठूलो उपलब्धि त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरू दिनरात एसइईकै तयारीमा हुन्छन्, सकेसम्म बढी अंक ल्याउने होडबाजीमा परम्परागत स्कुलहरूले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन ।
वास्तवमा अहिलेको हाम्रो परीक्षा प्रणाली स्मृति क्षमतामा केन्द्रित छ । कुन विद्यार्थीले पढेको कुरा बढीभन्दा बढी सम्झिन सक्छ त्यो नै अब्बल ठहरिन्छ । यसले व्यक्ति भित्रका अनेकौँ प्रतिभाको न्यायपूर्ण मूल्यांकन गर्न सक्दैन । मानिसमा विविध किसिमका प्रतिभा लुकेका हुन सक्छन् । ती प्रतिभालाई पहिचान गरेर अगाडि बढेमा हरेक व्यक्ति सफल हुन सक्छन् । परीक्षामा सर्वाधिक अंक ल्याउनेहरू भन्दा कम अंक प्राप्त गर्ने बढी सफल भएका उदाहरण प्रशस्तै भेटिन्छन् । कोरा किताबी अथवा सैद्धान्तिक ज्ञानसँगै मानिसले आफ्नो जीवनमा कैयौँ व्यावहारिक ज्ञान हासिल गर्नुपर्ने हुन्छ भन्ने कुरालाई पुष्टि गर्न यहाँनिर एउटा कहानी प्रस्तुत गर्नु बढी सान्दर्भिक होला ।
एक विद्वान् पढाउन नदीपारि जानुपर्ने थियो । सदाझैँ डुंगा खियाउने माझी बोलाए । डुंगामा सवार माझी र ती विद्वान्बीच कुरा चल्यो । विद्वान्ले सोधे-कति पढेका छौ ? माझीले छैन भन्यो । अनि विद्वान्ले थपे-त्यसो भए तिम्रो आधा जिन्दगी त्यत्तिकै खेर गएछ । माझी चुपचाप ।
नदीको बीचतिर पुगेपछि डुंगा लर्बराउन थाल्यो । विद्वान् तर्सिए-लौन माझी दाइ, के हुन थाल्यो ? माझीले भने- नदीमा छाल आउँदै छ । यसलाई छलाउन प्रयास गर्छु, सकिनँ भने डुंगा पल्टन्छ । तपाईंलाई पौडिन आउँछ ? माझीको जवाफ सुनेपछि विद्वान्ले आफूलाई पौडिन नआउने कुरा जाहेर गर्दै निकै डराए । नभन्दै छाल उनीहरूसम्म आइपुग्यो । माझीको केही लागेन । अनि भने-ल विद्वान् भाइसाब, म त पढेको थिइनँ, आधा जिन्दगी बित्यो, तपाईं त धेरै पढेको मान्छे, पूरै जिन्दगी बित्ने भो । माझी नदीमा हामफाले, पौडेर पारि पुगे । विद्वान् पनि उत्रन त केहीबेरपछि उत्रे तर नदीकै पानीमा । तिनलाई विद्वान् बनाउने शिक्षा र हामी विद्वान् बन्न पढिरहेको शिक्षाबीच केही फरक होला र ? (लेखक नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच