
एसइईको नजितापछि हामी तीनचोटी बैठक बस्यौं । अन्तिम चोटीमा मैले संघीय तहमा गरिएको निर्णय यी हुन् भने शिक्षा मन्त्रालयमा कानुन र प्रशासन विभागबाहेक अरू सबैमा शिक्षक सेवाबाट मात्रै कर्मचारी आउन सक्छन् । यो मन्त्रालयमा भएका साथीहहरू अरूमा जान नि पाउँदैनन् । अरूका आउन पनि आउँदैनन् । भनेपछि यो स्थायी सरकारको पनि सुपर स्थायी मन्त्रालय हो । यसले नतिजा नदिएपछि मैले दुइटा कुरा भनेको छु । एउटा रिफर्र्म टिमका लागि हामीले ओएनएम गर्नुपर्यो । जसमा ल्याट्रेलेन्ट्रीकोे लागि प्रावधान राख्नुपर्यो । त्यो एउटा संरचनात्मक सुधारको बाटो हो ।
दोस्रो एकदम स्पेसलाइज कुराहरू छन् । गुणस्तर के भयो ? शिक्षक के भइरहेको छ ? मलाई सर्भेमा विशेषज्ञ चाहियो । ओएनएमबाट पहिलो तहमा मन्त्रालयमा सुधारको मैले पहल गरेको छु । दोस्रो पाठ्यक्रम एकदम भारी छ । मैले सिडिसीसँग यसबारे छलफल गरेको छु । यो सबै सम्झना गर्नुपर्ने तहको छ । पाठ्यक्रम सुधारका लागि यसलाई परिमार्जन गर्न काययोजना मागेको छु । समाजसँग पाठ्यक्रम लन्च गरेका छौं । पाठ्यक्रममा समाज र श्रम बजारलाई जोड्न हामीले यो लन्च गरेका हौं । यसमा धेरैवटा कुरा जोडिन्छ ।
यो लागूऔषध दुव्र्यसनलगायत धेरैवटामा जोडिन्छ । जुन राम्रो तरिकाले भएको छैन । एकदम बाओलोजीकल्लीमात्रै भएको छ । समाजलाई चेतनामूलक लाने ठाउँमा भएको छैन । संघीय तहमा चाहिने नीति नियम छ कि छैन ? प्रदेश र पालिकाका लागि जुन तहले जुन तरिकाले साझा सूचीमा राखिएको छ । त्यसको अख्तियारी छ कि छैन ? पहिला संघीय तहले हेर्नुपर्ने विषय यो हो । पाठ्यक्रम विकासका सहसचिवसँग कार्ययोजना पनि मागेका छु ।
एकचोटि शिक्षक सेवा पास गरेपछि कहिल्यै रिभ्यु नै गर्नु नपर्ने ? यो हेरफेर गर्नै पर्नेछ । नतिजा राम्रो ल्याउने हो भने यो गर्नै पर्छ ।
पहिलेको रिजल्ट हेर्ने हो भने जुन-जुनमा राम्रो थियो उनीहरूको राम्रो आएको छ । राम्रो स्कुलले राम्रै गरेका छन् । भनेपछि अब हामीले निश्चित सेवा आयोग बनाउने हो कि ? त्यसका लागि शिक्षक सेवा आयोगको नियमावली परिवर्तन गर्दै छौं । अपग्रेड गर्दै छौं । अर्थ मन्त्रालयले हामीलाई दरबन्दी नदिएको र अर्थतन्त्र पनि यही भएको अवस्थामा दरबन्दी मिलान गर्न सकिन्छ । यो बाँकी पनि छ ।
अहिले हामीले कार्ययोजना बनाउँदै छौं । तहको सरकारले व्यहोर्ने गरी जाने हो भने प्रअहरूलाई थप सक्षम बनाउन सकिन्छ । जसलाई सिस्टमेटिक रूपमा कमजोर नतिजा ल्याएका विद्यालयमा प्रयोग पनि गर्न सक्छौ । यसको पनि कार्ययोजना बन्दैछ ।
डिजिटल माध्यमबाट शिक्षकलाई तालिमका लागि कसरी तयार गर्ने ? एकचोटि शिक्षक सेवा पास गरेपछि कहिल्यै पनि रिभ्यु नै गर्नु नपर्ने ? यो पनि हेरफेर गर्नै पर्ने छ । योसंघीय मन्त्रालयको जिम्मेवारी हो । त्यो म गर्दैछु । यदि नतिजा राम्रो ल्याउने हो भने यो गर्ने पर्छ ।
नतिजा परीक्षाको मात्रै होइन, सिकाइको पनि हो । सिकाइको नतिजा राम्रो ल्याउन हो भने जुनजुन तहको कार्यान्वयन गर्ने जिम्मेवारी छ त्यो निर्मम भएर लाग्नुपर्छ । यसमा तीनै तहका सरकार लाग्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावक पनि लाग्नुपर्छ । विद्यालय व्यवस्थापन समिति पनि लाग्नुपर्छ । नतिजा राम्रो आएन भने एकले अर्कोलाई दोषमात्रै देखाएर उम्नि पाइँदैन । यस्तै गर्ने हो भने दश वर्षपछिको बहस पनि यही हुन्छ ।
सबैले आ-आफ्नो जिम्मेवारीको काम गर्नुपर्छ । सबैले आफ्नो जिम्मेवारी पूरा गरे/नगरेको आफैंलाई सोध्ने बेला आएको छ । अरूलाई दोष दिएर उम्किने छुट छैन । गुणस्तर भनेको नतिजामात्रै हो ? परीक्षाको रिजल्टमात्रै हो ? तीन कक्षाको विद्यार्थीले सिकिरहेको छ कि छैन ? गुणस्तरको परिभाषा कंक्रिटमा आउनुपर्छ । अहिलेसम्म गुणस्तरको परिभाषा कक्षा १० वा १२ आएको रिजल्टलाई मात्रै हेर्ने गरिएको छ । तर, के बुझ्नुपर्छ भने परीक्षाको नतिजामात्रै सबै होइन । दश कक्षाको नतिजाले मात्रै जीवनभरको यात्रा तय गर्दैन । नतिजा जस्तो आए पनि हरेस नखानू ।
गुणस्तरको परिभाषामा हामी सबै एक ठाउँमा आउनुपर्छ । यसलाई कसरी नाप्ने ? यसलाई कसरी सुधार्ने ? हामी सबैको भूमिका के हुन्छ ? सबै अधिकारको कुरा धेरै गर्छौं, दायित्व चाहिँ लिने कि नलिने ? पढाउने मान्छेको सेवासुविधा सुनिश्चित गर्दै गर्दा नतिजाको दायित्व पनि लिनुपर्छ । जबसम्म हामीले यो तहमा कुरा गर्दैनौं, इसिडीको कुरा गर्दैनौं, एक वा दुई र तीन कक्षाको कुरा गर्दैनौं, सिकाइको गुणस्तरको कुरा गर्दैनौं । त्यसमा सबै जनाले दिनुपर्ने योगदान र खबरदारीको कुरा गर्दैनौं त्यतिबेलासम्म दश कक्षामा आएर यस्तो भयो भने हुँदैन ।
सबैभन्दा महत्वपूर्ण कक्षाकोठामा शिक्षक हुनपर्छ । छ/छैन ? भन्ने कुरा सिंहदरबाट देखिँदैन । यहाँ बसेर न मैले बैतडीको हेर्न सक्छु न म ललितपुरको नै । त्यो हेर्ने अभिभावकले हो । विद्यालय व्यावस्थापन समिलिले हो । स्थानीय शिक्षा अधिकारी, वडा वा पालिकाले हो । हेरेर उनीहरूले खबरदारी गर्नुपर्यो । शिक्षक छ कि छैन ? किन छैन ? खबरदारी गर्नुपर्छ । अभिभावकले आन्दोलन गर्नुपर्छ । सबैले जिम्मेवार भएर औला नठड्याएसम्म जतिसुकै राम्रो नीति बनाएर पनि हुँदैन । (कुराकानीमा आधारित)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच