नेपाली गीत संगीतको क्षेत्रमा अग्रपंक्तिमा रहेर आफ्ना सिर्जना श्रोता/दर्शकमाझ पुर्याइरहनुभएको छ विपिन आचार्यले । उहाँले आफूलाई आधुनिक, पप, चलचित्र र लोक सबै विधामा अग्रणी रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । उहाँले संगीत गरेका हजारौंको संख्यामा गीत श्रोता/दर्शकमाझ आएका छन् । चलचित्र ‘मेरो एउटा साथी’बाट चलचित्र संगीतमा पनि लागिपर्नुभएका विपिनले थुप्रै चलचित्रका गीतमा संगीत भर्नुभएको छ । उहाँले नेपालीमात्र नभएर भोजपुरी र अन्य भाषामा संगीत भर्नुभएको छ । प्रचारप्रसारभन्दा पनि काममा नै आफूलाई बढी केन्द्रित गर्न रुचाउने विपिनले संगीतलाई आफ्नो जीवनको अभिन्न पाटो बनाउनुभएको छ । गीत संगीतको अवस्था विकासको हिसाबले राम्रो छ तर बजार सधैँ अन्योलमा रहेको बताउनुहुने संगीतकार विपिन आचार्यसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
हालसम्म यहाँका कति जति सिर्जना श्रोता÷दर्शकमाझ आए होलान् ?
हजारौं भइसके....।
केही गीतको नाम लिनुपर्दा ?
चलचित्र ‘मेरो एउटा साथी छ’ को शीर्ष गीत अनि माण्डवीको स्वरमा रहेको ‘मेरो बारुली कम्मर लचक्कै’ लगायत थुप्रै छन्....मैले एरेञ्ज गरेका पनि थुप्रै गीत छन् जस्तो ‘रिंगेबुंगको राँगो’लाई जस्ता थुप्रै हिट भए ।
औपचारिक रूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
विसं २०६२-२०६३ तिरबाट हो कि जस्तो लाग्छ । रुचि त सानैदेखि बाजा बजाउने हो ।
नराम्रा गीत संगीतले बजार तताउनु भनेको विकृति हो । त्यसका लागि अनि असल समाज निर्माणका लागि कला संस्कृतिको ठूलो महत्व भएकाले हरेक श्रोता दर्शकहरू सचेत अनि जिम्मेवार भए खराब गीत निकाल्ने कलाकारहरूलाई प्रोत्साहन हुँदैन । राम्रो गीत सुनेपछि त्यसको उत्थान र कलाकारलाई प्रोत्साहन दर्शक श्रोताले गर्नुभयो भने सबै ठीक हुन्छ । त्यसका लागि हजुर र म पनि जिम्मेवार हुनुपर्छ ।
जीवन र गीत संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन र गीत संगीत छुट्याउनै सक्दिन किनभने म उठेदेखि नसुतुन्जेल हरेक दिन हरेक समय संगीतमै हुन्छु, कहिले गीत लेख्छु, कहिले संगीत गर्ने कहिले एरेन्ज अनि स्टुडियोमा रेकर्डिङ मिक्सिङ/मास्टरिङ मेरो जे भने पनि संगीत नै हो ।
तपाईं कसका लागि गीत संगीत सिर्जना गर्नुहुन्छ ?
पहिलो कुरा आफ्नो आत्मसन्तुष्टि र श्रोताका लागि अनि मेरो प्रोफेसन पनि संगीत भएकाले जीविका चलाउनका लागि पनि काम गर्छु ।
संगीतमा बेला-बेलामा चोरीको आरोप लाग्ने गर्छ नि ?
संगीत चोरी गरेको सुनिन्छ । सकेसम्म त्यसो गर्नुहुँदैन । कहिलेकाहीँ सानो पार्ट अञ्जानमै मिल्न सक्छ । किनभने संगीतको सिर्जना त आखिर त्यही बाह्र स्वरबाटै हुने हो तर नियतबस त्यस्तो कार्य गर्नुहुँदैन ।
तपाईंको सिर्जनाको आधार के हो ?
मेरो सिर्जनाको आधार भनेको मेरो दाङको माटो र प्रकृति अनि समाज हो । त्यस्तैगरी काठमाडौं आएर पूरै नेपालको गीत संगीतको काम गर्न पाएँ । त्यसले केही निखारता ल्यायो, धेरै कुरा सिकेँ अनि मैले धेरै गुरुहरूसँग संगीत सिकेको छु । त्यसले पनि सजिलो हुन्छ । अझै सिक्दैछु अग्रज दाइहरूसँग जो आफ्नो विधामा पोख्त हुनुहुन्छ ।
अहिलेको नेपाली गीत संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
अहिलेको गीत संगीतको अवस्था विकासको हिसाबले राम्रो छ तर बजार सधैँ अन्योलमा छ । हरेकको लगानी उठ्ने अवस्था छैन । सौखिन गीतकार, कलाकार अनि गायकगायिकाले नयाँ-नयाँ गीत रेकर्डिङ गरेर चलिरहेको छ यो क्षेत्र तर अहिलेसम्म संगीतलाई नै पेशा बनाएर हजारौं बाँचिरहनुभएको छ । चाहे स्टेज प्रोग्राम, चाहे दोहोरी अनि गजल रेस्टुरेन्टमा गाएर चाहे विद्यार्थीहरूलाई सिकाएर । यसो हेर्दा बजार खासै नराम्रो पनि लाग्दैन । नयाँ-नयाँ प्रविधिले असर गरे पनि उपाय पनि भेटिँदै जान्छन् ।
बजारमा राम्रा गीत संगीतभन्दा ‘झुर’ले बजार तताइरहेको देख्दा कत्तिको झोंक चल्छ ?
नराम्रा गीत संगीतले बजार तताउनु भनेको विकृति हो । त्यसका लागि अनि असल समाज निर्माणका लागि कला संस्कृतिको ठूलो महत्व भएकाले हरेक श्रोता दर्शकहरू सचेत अनि जिम्मेवार भए खराब गीत निकाल्ने कलाकारहरूलाई प्रोत्साहन हुँदैन । राम्रो गीत सुनेपछि त्यसको उत्थान र कलाकारलाई प्रोत्साहन दर्शक श्रोताले गर्नुभयो भने सबै ठीक हुन्छ । त्यसका लागि हजुर र म पनि जिम्मेवार हुनुपर्छ ।
हिजो र आजका गीत संगीतमा कत्तिको फरक पाउनुहुन्छ ?
पहिलेका गीतमा प्राविधिक पक्ष कमजोर भए पनि गायक अनि संगीतकारहरूको तयारी राम्रो थियो । गायकी हरेकको राम्रो हुन्थ्यो । अहिले पनि केही राम्रा कलाकार हुनुहुन्छ तर धेरैजसो तयारी नगर्ने, गीत स्टुडियोमा आएर सुन्ने, दश मिनेटमै सिक्ने अनि भावहरू केही नबुझेर गाइदिने हुनाले कतिपय सिर्जना सोचे जस्तो राम्रो हुँदैन ।
नेपाली गीत संगीतलाई विश्व गीत संगीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?
विश्व गीत संगीतमा नेपाली गीत संगीतको तुलना गर्दा त उत्कृष्ट छ जस्तो लाग्छ । किनभने हाम्रो बजार सानो भए पनि विश्व बजारमा आफ्नो राज गर्न सफल हिन्दी गीतको क्वालिटीमा गीत तयार भइरहेका हुन्छन् । म आफैंले पनि थुप्रै कुमाउनी, भोजपुरीलगायतका भारतीय कलाकारहरूका गीत गरेको छु । संगीतको स्तर उताको जस्तै तर लगानी कममै यता रेकर्डिङ हुन्छ । बजार सानो छ, सरकारको कुनै सहयोगबिना यो क्षेत्र फस्टाउनु भनेको ठूलै कुरा हो नि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच