भोजपुरको साल्पासिलिछोको डेढ सय घरमा विद्युतको पहुँच

भोजपुर । पहाडी जिल्ला भोजपुरको सुदुरउत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा विद्युत बिस्तारको काम भएसँगै वडा नम्वर एकको बुमलिङका एक सय ५० घरमा विद्युतको पहुँच पुगेको छ । बिद्युत बिस्तारको काम भई रहेको गाउँपालिकाको बुमलिङका एक सय ५० घर धुरीमा बिद्युतको पहुँच पुगेको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्गम ठाउँहरुमा विद्युतको पहुँच पुर्‍याउने उद्देश्य अनुसार एकै पटक सो क्षेत्रमा पनि विद्युत बिस्तार गरिएको हो, यसबाट अन्धकारमा बस्नु पर्ने बाध्यता हटेको छ ।” विद्युत प्राधिकरणले ५० केभिए ट्रान्सफरमर जडान गरी सो क्षेत्रमा विद्युत बिस्तार गरको हो । बर्षौं देखि अध्यारोमा बस्न बाध्य साल्पासिलिछो क्षेत्रका नागरिकलाई गाउँमा विद्युत पुगे पछि राहत भएको छ ।

नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले आर्थिक बर्ष २०८०/०८१ मा भोजपुरका दुई हजार दुई सय १९ घरधुरीमा विद्युतको पहुँच पुर्‍याएको छ । विद्युतीकरणको कामसँगै यस आर्थिक बर्षमा २२ सय बढीको घरमा हामीले विद्युतको पहुँच पुर्‍याउन सफल भएकाे प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले बताउनु भयो । खतिवडाले भन्नुभयो, “जिल्लाका ग्रामीण क्षेत्रहरुमा विद्युतीकरणको काम भई रहेको छ, बाँकी रहेका स्थानीय तहहरुमा पनि विद्युतको पहुँच पुर्याउन यस नयाँ आर्थिक बर्षमा पनि  बजेट अनुसार निरन्तर काम हुने छ ।”

भोजपुर जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका छन । जिल्लामा हालसम्म करिव ९० प्रतिशत विद्युतीकरण भई सकेको छ भने विद्युतीकरणका लागि बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि कार्य अघि बढेको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका सुपरभाइजर दुर्गानन्द चौधरीले बताउनुभयो । भोजपुर जिल्लामा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट करिव २६ हजार बढी घरधुरीले विद्युत सेवा उपयोग गरि रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?