सुरभिद्वार विभिन्न पुरस्कार घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कार घोषणा गरेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोचक युवराज मैनाली तथा वरिष्ठ कवि तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको समितिले गरेको सिफारिशका आधारमा उक्त पुरस्कारहरू घोषणा गरिएको हो ।

प्रतिष्ठानका अनुसार गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार श्री हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार श्री भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार श्री विश्व कुइँकेललाई, सुरभि पहृलाद नारी आख्यान पुरस्कार श्री रञ्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा.श्री रवीन्द्र समीरलाई र सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार श्री लक्ष्मण खतिवडालाई प्रदान गर्ने निर्णय भएको छ ।

उल्लेखित पुरस्कारहरू प्रतिष्ठानको पन्ध्रौं स्थापना दिवसको अवसरमा २०७९ माघ २१ गते शनिबार जोरपाटी बेंसीगाउँस्थित ढोल्खा धारो कुटीमा एक कार्यक्रम गरी प्रदान गरिनेछ । साथै उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोपिकृष्ण शर्मालाई अभिनन्दन गरिने कार्यक्रम रहेको छ । सुरभि साहित्य प्रतिष्ठानले सोही स्थानमा प्रत्येक महिनाको तेस्रो शनिबार मासिक आख्यान वाचन कार्यक्रम गर्दै आउनुका साथै सुलेख साहित्यिक मासिक पनि प्रकाशन हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?