न्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फूटपाथ बिस्तारको काममा स्थानीयले पुनः अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले शुक्रवार बिहान फूटपाथ विस्तारको काम शुरू गरेसँगै स्थानीय विरोधमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरीलगायत तैनाथ गरिएको छ । २२ नं वडाका अध्यक्ष चिनकाजि महर्जनलगायत बिराेधमा उपस्थित भएर विराेध गरिरहेका छन् ।

भीडलाई नियन्त्रण गर्न न्युरोडमा उल्लेख्यमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

उच्च अदालतले फूटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरू गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?