काठमाडौं । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटर साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँले ११ दिनमा पाँच हजार किलोमिटरभन्दा बढी यात्रा तय गर्नुभएको हो । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणका रूपमा खडा गर्नुभएएको थियो । यात्राका क्रममा उहाँले विभिन्न भूभाग र मौसमको सामना गर्दै रोमाञ्चक र अद्भूत प्राकृतिक परिदृश्यसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँलाई गहिरो रूपमा आत्मसात गर्नुभएको थियो ।
कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीका रूपमा प्रमाणित गरेको कम्पनीको दाबी छ । एरोक्स १५५ स्कुटरमा रहेको एड्भान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको हो । जसको चुस्त हृयाण्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकमा सहज र स्थिरतासाथ यात्रा गर्न सहज बनाएको थियो ।
एमएडब्लु राइदकी सिएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भन्नुभयो, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ । एड्भान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक एफआई टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाले उहाँको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्छ र सबै उत्साहीलाई उनीहरूको कम्फर्ट जोनभन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू–भागको सामना गर्न प्रेरित गर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच