काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टी नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी भारत र नेपालका हेड अफ स्ट्राटिजी मुनिस गिरीले भन्नुभयो, ‘नेपालमा रियलमी जिटी ६ टी ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ ।
यो फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।’ कम्पनीका अनुसार रियलमी जिटी ६ टी नेक्ट जेनेरेसन स्न्यापड्रागन सेभेन जेन थ्री प्रोसेसरद्वारा सञ्चालित रहेको छ भने १२० वाटको सुपरभुक फास्ट चार्जर टाइप सी पोर्ट साथमा उपलब्ध रहेको छ ।
त्यस्तै ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को प्राथमिक क्यामेरा र आठ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध रहेको छ भने साथमा ३२ मेगापिक्सेलको आइएमएक्स ६१५ को फ्रन्ट क्यामेरा र ६० एमपिएसमा ४ के भिडियो पनि समावेश रहेको छ । रियलमी जिटी ६ टी १२ प्लस ५१२ जिबी भेरियन्टको मूल्य ६५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच