
काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना भएको सौर्य एयरलाइन्सका उपचाररत पाइलट मनिष शाक्यले जहाज एकसय मिटरमाथि उडेपछि कन्ट्रोल नभएको बताउनु भएको छ ।
सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत क्याप्टेन शाक्यले उपचारमा खटिएका डाक्टरसँग यस्तो बताउनु भएको हो । उहाँले जहाज एकसय फिटमा पुगेपछि जहाज कन्ट्रोल नभएको र तल खसेको बताउनु भएको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।
‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यले भन्नुभएको उददृत गर्दै चिकित्सकले भन्नुभयो ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’।
अहिले उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

उहाँको टाउनको, खुट्टा र मेरूदण्डको हड्डीमा चोट लागेको थियो । उहाँहरू आफन्त लगायत भेटघाटका लागि जानेहरूसँग सामान्य रूपमा कुरा गरिरहनुभएको छ ।
विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जसमा पाइलट शाक्य मात्रै बाँच्न सफल हुनुभएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच