
पेरिस । विवाद र अन्योलबीच पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको छ । अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई दुई घण्टापछि भिएआरले मान्यता नदिएपछि मोरक्को विजयी भएको हो । दर्शकको उपद्रोबीच खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । दर्शकका कारण रोकिएको खेल दुई घण्टापछि सुरु भएको थियो । जहाँ अन्तिम क्षणमा गरेको गोललाई रेफ्रीले अफसाइट दिएका हुन् ।
समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २-२ को बराबरीमा टुंगिएको थियो । क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्जुरी समयको १६औँ मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । त्यसलगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए ।
त्यस स्थितिमा रेफ्रीले खेल सकिएको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर, रेफ्रीले खेल सकिएको संकेतमा हिृवसल भने बजाएका थिएनन् । यस्तोमा खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो । अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेल सर्कसमा परिवर्तन भएको प्रतिक्रिया दिनुभयो । ‘यो एक सर्कस हो । तर, हामी यसलाई नियन्त्रण गर्न सक्दैनौँ । अब हामीले अगाडि हेर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यस्तो हुनु लाजमर्दो कुरा हो र टुर्नामेन्टलाई विषाक्त बनाउनु हो । छिमेकको प्रतियोगितामा पनि यस्तो हुँदैन । यो दयनीय छ ।’
बुधबारकै अन्य खेलमा समूह ‘डी’ मा जापानले पाराग्वेलाई ५-० को फराकिलो जित दर्ता गरेको छ । जितसँगै समूह ‘डी’ को जापानले तीन अंक जोडेको छ । बोर्डडेयुक्स रंगशालामा जापानलाई जित दिलाउन शनसुके मिटो र फुजियो शोटाले समान दुई तथा रिहितो यामामोटोले एक गोल गर्नुभयो । यही समूहको अर्को खेलमा इजरायल र माली १-१ को बराबरीमा रोकिएका छन् ।
यसैगरी अन्य खेलमा फ्रान्सले अमेरिकालाई ३-०, न्युजिल्याण्डले गिनिया तथा इराकले युक्रेनलाई समान २-१ ले पराजित गर्दा इजिप्ट डोमोनिकन रिपब्लिकसँग गोलरहित बराबरीमा रोकियो । ओलम्पिकको पुरुष फुटबलमा यू-२३ टोलीको सहभागिता छ । ओलम्पिकको औपचारिक उद्घाटन साउन ११ गते हुने भए पनि फुटबलको प्रतिस्पर्धा बुधबारबाट नै सुरु भएको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच