संरचना निर्माणपछि पशुपालनमा आकर्षित स्थानीय कृषक

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । पशुपालनका लागि व्यवस्थित गोठ तथा खोर निर्माण भए पछि आलितालका कृषक हर्षित भएका छन् ।

आलिताल गाउँपालिका वडा नं. ६ र ७ का मकवानपुर, भाडी, बलौचा बस्तीमा व्यवसायिक दुग्धजन्य उत्पादन तथा पशुपालन कृषि कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराबाट आर्थिक वर्ष २०८०/०८१ मा करिब २१ लाख बजेटमा २५ वटा गोठ तथा खोर निर्माण भए पछि कृषक उत्साहित भएका हुन् ।

कार्यालयले व्यवसायिक रुपमा गाई तथा भैंसी पालन र बाख्रा पालनका लागि घाँस तथा पानी खुवाउने र मलमूत्र व्यवस्थापनसहितको व्यवस्थित गोठ निर्माण बनाई दिए पछि परम्परागत रुपमा पशुपालन गरिरहेका स्थानीय कृषकहरु खुशी भएको स्थानीय अगुवा कृषक धना देवी ढाँटले बताउनुभयाे ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराबाट वार्षिक स्वीकृत कार्यक्रम अनुसार बृहत एवं विशेष उत्पादन कार्यक्रमअन्तर्गत स्थानीय कृषकलाई समूहगत रुपमा वडा नं. ६ मा १३ र वडा नं. ७ मा १२ गोठ तथा खोर संरचना निर्माण गरेको कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिनु भयो ।

बजारबाट तिन किलोमिटर टाढा तथा सडक पहुँच पनि भएकोले गाउँमा रैथाने भैंसि तथा जर्सिगाईबाट उत्पादन हुने सैयौं लिटर दुध स्थानीय डेरी र बाँकी रहेको दुध कैलालीको बजार अत्तरिया र धनगढी सम्म जाने गरेको स्थानीय बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?