काठमाडौं । बिवाइडी अटोको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक वृद्धि भइरहेकाले अझै राम्रो सेवा प्रदान गर्न सर्भिस नेटवर्क विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बिवाइडीको पछिल्लो गाइडलाइनअनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने आठ सर्भिस वे रहेका छन् ।
त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्न स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्टपेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्जसमेत रहेको कम्पनीले जनाएको छ । गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् ।
त्यसैगरी ललितपुरका लागि बिवाइडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । आठ हजार पाँच सय ५६ वर्गफिटमा फैलिएको सर्भिस सेन्टरमा छ सर्भिस वे रहेका छन् । जसमध्ये दुईवटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने चारवटा स्पेसलाइज्ड इभी टुल्सद्वारा सुसज्जित रहेको बताइएको छ ।
सो क्षेत्रका बिवाइडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्न सर्भिस सेन्टरमा वासिङ वे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ । हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन, बुटवल, नेपालगञ्ज र दाङमा बिवाइडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिनाभित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बिवाइडी सर्भिस नेटवर्क सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच