समग्र विश्वमानव मनका दुई तह हुन्छन्-जड् र चिद्भविता । मिठो खाऊँ, राम्रो लाऊँ, दृश्यजगत्का मोजमस्तीमा मजाले रमाऊँ, आलिशान महलका अत्याधुनिक सुविधाप्राप्त चोटाकोठामा रमाऊँ, सानो कुर्सीबाट उकालो चढ्दै बडेमानको कुर्सीमा पुगी सानसोखले देखावटी उन्मादको उचाइ उक्लेर औलादौलाको स्वानुभूतिमा एउटा अहं बाँचौँकोे अत्यधिक जनमानसिकता विश्वमा थियो, छ र यो जमात सभ्यताको अझ सृष्टिकै भने पनि फरक पर्दैन अन्त्य हुन्छ भने त्यसबेलासम्म पनि रहिरहने छ । यो नै जड्भविताको मनोमानसिक विश्वजगजमात हो ।
मिठो खाऊँभन्दा माथि उठेर, राम्रो लाऊँभन्दा भिन्न सोचमा जन्मेर दृश्यजगत्को मस्तीमजाकभन्दा पर अदृश्यको अन्तर अनुभूतिका प्वाँख फिँजाएर आलिशान महलका अत्याधुनिक सानसुविधाका धेरै पर तर बुझेर, सानाठूला कुर्सीका उन्मादभन्दा टाढा तर अनुभूतिका गहिराइले ज्ञातको कोखमा राखेर जो मान्छे निर्भीकतापूर्वक जीवन सङ्घर्षको मैदानमा उद्देश्यको रफ्तारलाई निरन्तरता दिन्छ ऊ नै चिद्भविताको आँखो हो, केही गर्नेको इतिहास हो । कविकलाकारको बिम्ब हो । पौराणिक, ऐतिहासिक वा सामाजिक सीमाभन्दा माथिको सदावहार प्रतीक हो ।
जड्भविताका जमात राजनीतिक ढोका उघारेर हेर्ने हो भने विश्वकै इतिहासमा प्रशस्त भेटिन्छन् । सामान्य उदाहरणका लागि त हरेक राजनीतिक बिल्ला छातीमा बाहिरी वा भित्री जुनसुकै रूपमा पनि हुन सक्छ टाँसेर हिँड्ने उन्मादित मान्छेहरू नेता मात्र होइन, कार्यकर्तामात्र होइन समर्थकसम्म पनि यसै कित्तामा पर्दछन् ।
जड्भविताका जमात राजनीतिक ढोका उघारेर हेर्ने हो भने विश्वकै इतिहासमा प्रशस्त भेटिन्छन् । सामान्य उदाहरणका लागि त हरेक राजनीतिक बिल्ला छातीमा बाहिरी वा भित्री जुनसुकै रूपमा पनि हुनसक्छ टाँसेर हिँड्ने उन्मादित मान्छेहरू नेतामात्र होइन, कार्यकर्तामात्र होइन समर्थकसम्म पनि यसै कित्तामा पर्दछन् । माथिल्ला सिँढीका केही मात्र उदाहरण लिने हो भने पनि सुकरात र प्लेटोजस्ता विश्वले असल ठानेका वा जानेका व्यक्तिहरू समेत यसै कित्तामा देख्न सकिन्छ । सुकरातले विषसेवन गर्नुपर्यो कसैलाई केही गराइदिने उन्मादकै बिस्कुन सुकाएर । प्लेटो त यसै पनि सत्ताप्राप्तिका आफ्ना वैचारिक लालसा पूरा गराउँनका लागि सच्चा साहित्यिक जमातलाई डाँडा कटाएर स्तुतिभक्त भाटजमातका घेरामा राज्यव्यवस्था सञ्चालकका निर्देशक नै हुन् भलै आफू कुर्सीमा नगएकै किन नहुन् । दार्शनिक क्षेत्रमा पनि खोज्दै जाने हो भने जड्भविताका भतेर लागेका केही नमुना यिनमा पाउन सकिन्छ ।
राज्यव्यवस्थाका सञ्चालकको सूची त यसै पनि बनाइसक्नुको छैन । हिट्लर, गोयवेल्स, नेपोलियन बोनापाटा, स्टालिन, ब्रेझ्नेभ, लेनिन, माओत्सेतुङ्जस्ता हिंसाका शरणार्थीका लाम लगाउने शासकहरू जम्मै जड्भविताका बिस्कुनका रूपमा छन् । दादा इदि अमिन, चङ्गेज खाँन, जङ्गबहादुर, वीरशमशेर, चन्द्रशमशेर, सद्दाम हुसेनजस्ता खुङ्खार मानवविनाशकहरू यसै जड्चोलाका दृश्य चमत्कारहरू हुन् ।
पुस्तौली जड्भविताका पृष्ठपोषकका रूपमा विश्वभर नै कुनै न कुनै रूपले फैलिएर अद्यावधिक भएका, कतै सुधारिएका भएका भए पनि नेपाल, भुटानजस्ता देशमा यसकै अझ तल्ला तहमा रहेका राजसंस्थाहरू हुन् भलै नेपालमा हाल नरहेको अवस्था किन नहोस् तैपनि त्यसका अवशेषहरू छँदै छन् । चाहे मल्ल वंश भनौँ चाहे किरात वा लिच्छवि यी सबै साना वंशलाई वा सन्तानलाई सत्ता सुम्पने घिनौना सङ्कीर्ण मनोवृत्तिका आँचमा रहेर जड्को आँगनलाई फराक बनाएका छन् ।
अर्को मानवताद्रोही, विकासवाधक, हिंसात्मक शिविरको अग्लो सान बनेर जडको खेती गर्ने जमात हो धार्मिक जमात वा धर्म । सनातनका नाममा, क्रिश्चियनका नाममा, इस्लामका नाममा, जैनका नाममा, बुद्धिस्टका नाममा वा हिन्दु जुनसुकै नाममा किन नहुन् सर्वत्र जड्भविताका नीमका जरा हुन् यिनीहरू । आयोतोल्ला रोहल्ला खोमेनी, पादरी, पण्डा, अल्लाह मोहम्मद, विश्व हिन्दु सङ्गठन जुनसुकै नामले जतासुकै किन नपुकारौँ यसै परिवेशका हिंसात्मक जड्जमात हुन् यिनीहरू । मरेका व्यक्तिका नाममा त्रिप्यन्तामको तर्पण दिएर, तोर्माका चिसा लट्ठी झुण्डाएर, चितामाथि फूल चढाउँदै ओठले एकतमासको संवेदनाको राग अलाप्ने र आँखाका डिललाई रसिला बनाउने जमात जति हाम्रा आँखसामु बडा गर्वले आवतजावत गर्छन्, सबै सबै यसका नै पुष्ठपोषक हुन् ।
सहकारीका जङ्गली भेलमा बहँदै जेलसम्म पुग्दा यस्ता साराका सारा सामग्री एकै ठाउँमा प्राप्त गर्न सकिँदो रहेछ । यससँग धर्मराउँनेहरू जेलबाट निस्केर फेरि मान्छे हुन सक्दैनन् । जुर्मुराउँनेहरू जेलबाट निस्के पनि निस्के झैँ प्रतिज्ञाबद्ध भएर अझ उज्याला मान्छेका रूपमा देखा परी समग्र विश्व लल्कार्ने शक्तिपुञ्ज बन्दछन् ।
आयतोल्ला, एशु, अल्लामोहम्द, ब्रहृमाविष्णुमहेश हुँदै योगी भनिने नरहरिनाथसम्म यसै खेतबारीका उपज हुन्, मानवताविरोधी धार्मिक औजारहरू हुन् । यस क्षेत्रका यी जड्जगत्का प्रतिनिधि नायक भए भने यिनका सानातिना पुच्छरहरूले समाज व्याप्त छ । चन्दनले निधार सजिने, मूर्तिमा देवता भजिने, जिब्रोमा ईश्वर कर्ममा अपराधका औजार छरिने, दिन निश्चित गरेर जिउँदाजाग्दा सबै काम छाडी तिनै निकम्मा पुर्खौली सराद्धेमा सव्य र अपसव्यको कर्मकाण्डतिर निरन्तर होमिने पङ्गुजमात जो आस्थाको अहङ्कारी माला जपेर समाजमा अन्धपरम्परा उमारिरहेको छ त्यो नै धार्मिक पाखण्डपुरको जड्जमात हो । चाहे यस जमातका व्यक्तिहरू राज्यव्यवस्था जस्ता घृणित घेराले ठानेका उच्च कुर्सी थाकी जमिनमा झरेका किन नहुन् ।
अर्को विशाल जड्जमात साहित्यका फाँटमा छिचिमिरा उम्रेझैँ उम्रेको छ, चाहे संस्थाका नाममा हुन् चाहे समूहका नाममा हुन्ल चाहे व्यक्तिका नाममा हुन् वा चाहे आविष्कारकका नाममा । यी जम्मै इतिहास लेखाउने लोभका नाममा, आफ्ना नभएका सान अगाडि सार्ने नाममा, नयाँ नौला देखिने नाममा, संस्थालाई माध्यम बनाएर बुढा बाबु बिरामी हुँदा अस्पताल धाएर दुःख पाएको, आमा वा परिवारको कुनै पनि सदस्यलाई रुघा लागेको दुःख व्यक्त गर्दै सञ्जालमा आँसु चुहाएर संवेदनाले अन्यका मन खिची स्वार्थ लुट्ने बहानाका नायक नालायकी जङ्गलीहरू लाम लागेका छन् ।
स्वार्थले परिवार बने/बनाएपछि स्वार्थ लुट्न पाउञ्जेल कोही नचाहिँने उसलाई अप्ठ्यारो परेको बेला चाहिँ सार्वजनिक रूपमा आँसु चुहाउँदै स्वार्थका झोली फुकाएर भिक्षा माग्ने जस्ता दरिद्र सोचका अनुहारहरू जम्मै समाजको तल्लो तहका जड्जीवन हुन्, छुद्रताका नमुना हुन्, छद्मभेषी अनुहार हुन्, जड्भविताका जगली स्वरूप हुन् । यिनै माथिदेखि तलसम्मका, वरदेखि परसम्मका, शरीरदेखि मनसम्मका अझ मनदेखि तनसम्मका जड्जङ्गली जीवन हुन् ।
यो जड्जमात पत्रकारिताका क्षेत्रमा पनि लामबद्ध भएर सभ्यताका सुरुदेखि विकसित भएको थियो, छ र सभ्यताको अन्त्यपर्यन्त रहिरहनेछ । यसलाई पत्रकारिताकै भाषामा भन्दा पीत पत्रकारिता भनिन्छ । यी दुष्टहरू नभएका निहुलाई भएका बहानामा गुम्नाम नामलाई मुछेर आफ्ना निहित स्वार्थ पूरा गर्न तल्लीन रहन्छन् । सहकारीका जङ्गली भेलमा बहँदै जेलसम्म पुग्दा यस्ता साराका सारा सामग्री एकै ठाउँमा प्राप्त गर्न सकिँदो रहेछ । यससँग धर्मराउँनेहरू जेलबाट निस्केर फेरि मान्छे हुन सक्दैनन् । जुर्मुराउँनेहरू जेलबाट निस्के पनि निस्के झैँ प्रतिज्ञाबद्ध भएर अझ उज्याला मान्छेका रूपमा देखापरी समग्र विश्व लल्कार्ने शक्तिपुञ्ज बन्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच