
काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । दुई मिनेट २० सेकेण्डको फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।
खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ, उहाँले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युत्जस्ता ठूला परियोजनामा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउने दृश्यले देखाएको छ ।
सफलताको गाथा बुन्दै
बैंकमा विश्वाससाथ जम्मा भएको रकम बैंकले ठूला परियोजनामात्र नभई साना परियोजनालाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जा प्रवाह गर्छ । त्यस्ता कर्जाले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथा पनि यस फिल्ममा समेटिएका छन् ।
साझा समृद्विको उत्सव मनाउँदै
फिल्ममार्फत् बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र बचतले देश विकास तथा उद्यमीको प्रवद्र्धनमा कस्तो र कसरी भूमिका खेल्छ भन्ने देखाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच