भोजपुर नगरपालिकाले दियो ३४ कृषकलाई अनुदानमा हाते ट्याक्टर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुर नगरपालिका क्षेत्रका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको भोजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले बताउनुभयो ।

कृषि खाद्य सुरक्षा पोषण सहयोग परियोजना कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ३४ कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । नगरपालिकाले माग गरेका कृषक र कृषक समूहलाई ७० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । “कार्यक्रमअन्तर्गतको ७० प्रतिशत र कृषकको ३० प्रतिशत लगानीमा कृषकलाई प्रोत्साहन गर्न हाते ट्याक्टर बितरण गरिएको हो ।” प्रमुख प्रशासकीय अधिकृत राईले भन्नुभयो ।

मंगलवार भोजपुर नगरपालिकामा कृषकहरुलाई नगर प्रमुख कैलाश कुमार आले, उपप्रमुख निर्मला शेर्पा र प्रमुख प्रशासकीय अधिकृत राईलगायतले कृषकलाई हाते ट्याक्टर वितरण गर्नु भएको हो । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा नगरपालिकाले अनुदानमा हाते ट्याक्टर दिएपछि कृषकहरुलाई पनि राहत मिलेको नगर प्रमुख आलेले बताउनुभयो । प्रमुख आलेले भन्नुभयो, “माग अनुसार कृषकहरुलाई ट्याक्टर बितरण गरिएको छ, कृषिलाई नगरले प्राथमिकतामा राखेको छ ।”

‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्याक्टरबाट सहज हुन्छ,’ नगर उपप्रमुख निर्मला शेर्पाले भन्नुभयो । परम्परागत खेती भन्दा पनि भोजपुरमा पछिल्लो समयमा हाते ट्याक्टर मार्फत खेती गर्ने कृषकहरुको संख्या बढदै जान थालेको छ ।

हाते ट्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने कृषक इन्द्रबहादुर अधिकारीले बताउनुभयो । सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।  भोजपुरमा दुई नगरपलिका र सात वटा स्थानीय तह छन । स्थानीय तहहरुले पनि प्रबिधि बितरणको कार्यक्रम ल्याउन थालेसँगै कृषकहरु पनि आधुनिक खेती प्रणालीमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?