काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविनकुमार नेपाल नियुक्त हुनुभएको छ । उहाँले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्ट च्वाइस टेक्नोलोजिजका सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । विगत २० वर्षदेखि डिजिटल भुक्तानी सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तरबैंक भुक्तानीका सेवा प्रदान गर्दै आएको छ ।
अध्यक्ष नेपालले नेपाल ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक) बाट बैंकिङ करियर सुरुवात गरी हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिनुभएको हो । अध्यक्ष नेपालले यसअघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुर्ई कार्यकालसम्म अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच