काठमाडौं । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले आगामी नाडा अटो शोमा लन्च गरिने आफ्ना तीन गाडीका मोडलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ । जसअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ ।
सहभागीमध्येबाट सबै तीन मोडलको सही पहिचान गरी उत्तर दिने एक भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्राण्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । केइ नेपालको सोसियल मिडिया फलोवर्स र फेन्सहरूले रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने बताइएको छ । क्याम्पेन भदौ १० गतेसम्म चल्नेछ । साथै कम्पनीले नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नम्बर एच-१६ मा गएर केइ ब्राण्ड र नाडामा लन्च गरिने केइका गाडीबारे जानकारी लिन पनि कम्पनी आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच