रोल्पा नगरपालिकाको चर्को करको विरुद्ध सम्पुर्ण ब्यवसाय बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

एल बि मगर

रोल्पा । रोल्पाको रोल्पा नगरपालिकाको चर्को करको विरुद्ध नगरपालिका भित्रका ब्यवसायीहरुले सम्पुर्ण ब्यवसायहरु बन्द गरेका छन् । रोल्पा नगरपालिकाले नगरपालिका भित्रका ब्यवसायीहरु माथी चर्को कर लागु गरेको भन्दै केहि दिन अगाडि देखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको रोल्पा उद्योग बाणिज्य संघ/ संयुक्त संघर्ष परामर्श समितिले बिहिवार देखि सम्पुर्ण ब्यवसाय अनिश्चितकालका लागि बन्द गरेको बताएको छ ।

बुधबार संघर्ष समितिले एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले ब्यवसायीहरु माथि लागु गरेको महँगो कर फिर्ता नगर्दा सम्म सम्पुर्ण ब्यबसायीहरुले बिहिवार देखी आ-आफ्नो ब्यवसाय बन्द गर्ने र बिहिवार बिहान देखि नगरपालिका भित्र रहेका सम्पुर्ण ब्यवसायहरु अनिश्चितकालका लागि बन्द हुने उल्लेख गरेको छ र सोही बमोजिम बिहिवार देखि सम्पुर्ण ब्यवसायहरु बन्द भएको बताइएको छ ।

नगरपालिकाले गैरकानुनी रुपमा लिइरहेको कर संकलन कार्य रोकी व्यावसायीको माग सम्बोधन नहुँदा सम्म व्यावसाय बन्द हुने संघर्ष समितिले बताएको छ।

रोल्पा उद्योग वाणिज्य संघ/संयुक्त संघर्ष परामर्श समितिकाअनुसार नगरपालिकाले ब्यवसायीहरु माथि लागु गरेको कर एक सय देखी छ सय प्रतिशत सम्म वृद्धि गरेको, २०८१ बाट व्यावसायमा आवद्ध भएपनि २०७४ साल देखीको कर लिएको जस्ता अवैज्ञानिक र गैर कानुनी करको विषयमा समस्या समाधान गर्न भन्दै करिब एक महिना देखि विरोध र संघर्ष गरिरहेको भएपनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेपछि ब्यवसाय बन्द गरेर आन्दोलन गर्न बाध्य भएको रोल्पा उद्योग बाणिज्य संघ / संयुक्त संघर्ष परामर्श समितिका संयोजक केशव कुमार आचार्यले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?