
भगवान् श्रीकृष्णको लीलावतार शक्तिको सन्देश दिन पनि भएको हो । जीवनधायक सामथ्र्य विशेष शक्ति हो । जसका कारण नै हम्रो यो लोकमा अस्तित्व स्थापित छ । हामी शक्तिले नै अडिएका छौँ र शक्ति क्षीण भएपछि अस्तित्वहीन बन्न पुग्दछौँ । संसार विशेष शक्तिमा अडिएको छ । अदृष्ट शक्तिले नै संसारको भौतिक रूप देखिएको छ । हुन न भौतिकावादीले यो कुरा नमान्न सक्छन् । तर शक्तिलाई भौतिकवादले पनि स्वीकार्छ । अदृष्ट शक्तिलाई नमान्नु फरक कुरा हो । मूलतः भगवान् श्रीकृष्णको जन्म र लीलाका प्रसङ्गबाट अदृष्ट शक्तिको सोदाहरण परिचर्चा गर्न सकिन्छ । सधर्म शक्ति र अधर्मशक्तिका बारेमा पनि चिन्तन गर्न सकिन्छ ।
हाम्रो जीवन यही जीवनधायक शक्तिबाट चलेको छ । जुन सूक्ष्म तत्व हो । जसलाई आत्माको संज्ञा पनि दिन सकिन्छ । यही आत्मीय शक्ति नै ईश्वरीय शक्ति पनि हो । चमत्कार गर्नु ईश्वरीय शक्ति हुनु होइन । मूलतः सामथ्र्य राख्नसक्नु शक्ति हो । जबसम्म शरीर धान्न सक्ने सामथ्र्य हामीमा रहन्छ तबसम्म हामी यो लौकिक संसारमा अस्तित्वयुक्त हुन्छौ । शक्तिले नै यो संसार चलेको कुरा श्रीकृष्ण भगवान्का प्रत्येक लीला प्रसङ्गबाट जान्न सकिन्छ । शक्ति सूक्ष्म हुन्छ । यही सूक्ष्म शक्तिबाट नै यो चराचर जगत् चलेको छ । जति सूक्ष्म पदार्थ त्यति नै शक्ति अधिक हुन्छ भन्ने कुरा परमाणु सिद्धान्तबाट पनि जान्न सकिन्छ । सूक्ष्म बीजबाट नै सामथ्र्ययुक्त शरीर बन्नु पनि एक शक्तिको सञ्चरण नै हो ।
अन्ततः सत्यको नै जित हुन्छ । यहाँ कहिले हुन्छ भन्ने काल वा समय तोकिएको छैन । यसैले त्यो प्रप्तिका निम्ति कर्मभोग पनि बीचमा आइपर्न सक्छन् । कर्मबाट आर्जित शक्तिले उक्त समय निर्धारित हुने भएकाले सत्यको यति समयमा जित हुन्छ भन्न नसकिएको हो ।
शक्ति सधैँ एउटै र एकै प्रकारको हुँदैन । श्रीकृष्ण भगवान्को जब जन्म भयो त्यसपछि उक्त जन्मस्थानमा एक विशेष शक्तिको उदय भयो । जुन अदृष्ट थियो । जसका कारण कारागारका रक्षक नै अचेत रहे । सम्पूर्ण बन्धन टुटे । नवीय संसारको सिर्जना भयो । जुन समयमा भगवान् श्रीकृष्णको जन्म भयो । वसुदेवलाई विशेष ज्ञान आयो । बोकेर गोकुला लैजानुभयो । पुनः कारागार फर्किएपछि पुनः यथावत् परिस्थितिको निर्माण भयो । उक्त अदृष्ट शक्तिले कार्य गर्न छाड्यो । त्यसपछि सबै जागा भए । नयाँ खैलावैला मच्च्यिो । कन्याको जन्म भएको बताइयो । कंस स्वयं उक्त कन्याको हत्या गर्न आए । शक्तिस्वरूपा भगवती कंसको हाताट फुत्किएर आकाश मार्गमा जानुभयो र कंशको शक्ति क्षीण भएको जानकारी गराउनु भयो ।
यति लीला नगर्दा पनि हुन्थ्यो तर सूक्ष्म शक्ति दर्शाउन नै यो लीलावतारको आवश्यकता परेको हो । यसैले दिव्य शक्तिको ज्ञानका निम्ति पनि उक्त प्रसङ् उपयुक्त रहेको पाइन्छ । मूलतः सूक्ष्म शक्तिको दृष्टान्त नै भगवान् श्रीकृष्णको जन्म बन्न पुगेको पाइन्छ । कंसले पनि यही नहोस् भनेर अनेक प्रकारका सुरक्षा तैनाथी गरेको थियो तर उसको शक्ति कमजोर भयो सत्यको शक्तिले विजय प्राप्त गर्यो । सत्यमा शक्ति अन्तर्निहित हुन्छ । मान्नु नमान्नु व्यक्तिगत विचारका कुरा हुन् । यसैले ‘सत्यमेव जयते नानृतम्’ भनिएको छ ।
अन्ततः सत्यको नै जित हुन्छ । यहाँ कहिले हुन्छ भन्ने काल वा समय तोकिएको छैन । यसैले त्यो प्रप्तिका निम्ति कर्मभोग पनि बीचमा आइपर्न सक्छन् । कर्मबाट आर्जित शक्तिले उक्त समय निर्धारित हुने भएकाले सत्यको यति समयमा जीत हुन्छ भन्न नसकिएको हो । जसमा कर्मका रेखा निर्धारक रहने गर्दछन् । महाभारतका कथा हेर्ने हो भने पनि सत्यको जीतका निम्ति असत्य गर्नेर्को शक्ति पूर्णतः क्षीण हुन समय लागेको थियो । वनवासका प्रसङ्गले पनि कर्मभोगलाई निदर्शन गर्दछन् । अन्ततः असत्यको पक्षमा लाग्नेको शक्ति सकियो अनि सत्यको विजय भयो । यही सूक्ष्म शक्तिको अर्थबोधका निम्ति पनि श्रीकृष्ण भगवान् महाभारतको कथामा मुख्य पात्र रहनुभएको पाइन्छ ।
भगवान्को अवतार यही अदृष्ट शक्तिलाई दर्शाउन भएको हो । शक्ति आर्जत गर्ने कुरा हो । अर्जुन त्यत्तिकै अर्जुन भएका होइनन् ।
स्वर्गलोकसम्म गएर कठोर तपस्या गरी प्राप्त गरेका ज्ञानले नै अर्जुन त्यति शक्तिशाली बनेका हुन् । शक्तिको पनि सीमा हुन्छ । समयको गति र कर्मको यति अनुसार नै शक्ति चल्ने गर्दछ । जसको कर्मभोगबाट प्राप्त शक्ति सकिन्छ ती अस्तित्वहीन भएर जान्छन् । जसरी पुतना, तृणावर्त, कुवलयापीडजस्ता असत्यका शक्तिले हार खानुपरेको थियो । अन्ततः कंस नै अस्तित्वहीन भए । यहाँ कंस मारिनु भनेको कंसको शक्ति क्षीण हुनु हो, कंसको कर्मभोग सकिनु हो जुन असत्यको मार्गमा, अधर्मको पक्षमा लागेका कारण छिटै शक्तिको क्षय भयो ।
शक्ति सधैँ एकै रहँदैन । आज शक्तिशाली भए पनि भोलि त्यो नरहन पनि सक्छ । अदृष्ट शक्ति सत्यमा अडिग रहन्छ । सत्यको मार्गमा लाग्नु नै धर्मका पक्षमा रहनु हो । जसबाट अदृष्ट शक्तिमा वृद्धि हुन्छ । यसैले ध्यान धर्मका कर्म गर्न हाम्रा शास्त्रले बताएका हुन्, ऋषि महर्षिले उपदेश गरेका हुन् । शक्तिको दुरुपयोग गर्नु हुँदैन । यही शक्तिको दुरुपयोगले नै कौरवले युद्ध हारेका हुन् । महारथी भीष्म, द्रोण, कर्ण भएका युद्धमा सामान्यतः अरुले जित्न गाह्रौ नै थियो तर जब असत्यको पक्षमा लाग्दै गए । जब अधर्म बढ्दै गयो तब शक्तिमा पनि क्षीण हुँदै गयो । फलस्वरूप महारथीले पनि पराज भोग्नुपरेको कुरा महाभारतका प्रसङ्गबाट जान्न सकिन्छ । यही कुरा नै भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेशमा पनि बताउनु भएको छ ।
शक्ति सधैं एकै रहँदैन । आज शक्तिशाली भए पनि भोलि त्यो नरहन सक्छ । अदृष्ट शक्ति सत्यमा अडिग रहन्छ । सत्यको मार्गमा लाग्नु नै धर्मका पक्षमा रहनु हो । जसबाट अदृष्ट शक्तिमा वृद्धि हुन्छ । यसैले ध्यानधर्मका कर्म गर्न हाम्रा शास्त्रले बताएका हुन् ।
सत्यको पक्ष वा धर्मको पक्षमा नै भगवान् श्रीकृष्ण पाण्डवको नजिक हुनुभएको हो, न कि पाण्डव नाताका (फुपूका छोरा) हुन् भनेर । यसैले श्रीकृष्ण भगवान्का लीला चरित्रबाट शक्ति सत्यको मार्गमा अघि बढ्छ र अत्यकोे मार्गमा लाग्नको शक्ति क्रमशः क्षीण हुँदै जान्छ । शक्तिको पनि निश्चित सीमा हुन्छ भन्ने ज्ञान गर्न सकिन्छ । जब भगवान् श्रीकृष्णको परमधाम भयो यसपछि पाण्डवको शक्तिमा कमी महसुस भयो र महाप्रस्थानको यात्रामा लागेका थिए । शक्तिशाली अर्जुन सामान्य भिल्लसँग लज्जास्पद पराज भोगेर हस्तिनापुर पुगेपछि धर्मराज युधिष्ठिरले महाप्रस्थाको यात्रा तय गरेका हुन् । किनकि पाण्डवको पनि भौतिक शक्ति सकिसकेको थियो । यसैले शक्ति निश्चित समयसम्म मात्र रहन्छ भन्ने कुरा पनि भगवान्को स्वधाम गमन पछिका प्रसङ्गबाट जान्न सकिन्छ ।
लीलावतार श्रीकृष्ण भगवान्ले शक्तिको दुरुपयोग नगर्न स्वयं आफ्ना सन्ततिलाई सुझाउनुभएको थियो । शक्तिको उन्मादले कसैले पनि त्यो कुरा बुझ्न र जीवनमा उतार्न सकेनन् । यसैले सम्पूर्ण यादव वंश नै सकिएर गयो । यसका निम्ति गान्धारीको श्राप निमित्ति कारणमात्र बनेको हो । मूलतः शक्तिको क्षयीकरण नै हो । अदृष्ट शक्तिले कार्य नगरेकैले हो । श्रीकृष्ण भगवान् जरासन्धसँग पराजित भएर समुद्रमुनि बस्नुपरेका प्रसङ् पनि श्रीकृष्ण अवतार कथामा पाइन्छन् । यसमा कर्मले आर्जन गरेको शक्तिको दृष्टान्त दिइएको छ । स्वयं शक्तिशाली भगवान्ले एक पटकको युद्धमा जरासन्धलाई पराजित गर्न सक्नुहुन्थ्यो । तर जरासन्धले आर्जन गरेका अदृष्ट शक्ति अझ भनौँ कर्मको फलकै कारण भगवान् श्रीकृष्णले पनि हार मानेर बस्नु परेको थियो ।
भीमबाट नै जरासन्धको अन्त्य सम्भव थियो । कर्मको अदृष्ट शक्तिका कारण नै यस्तो हुन पुगको देखिन्छ । हरेक व्यक्तिले आफ्नो कर्मसँगै अदृष्ट शक्ति पनि आर्जन गरेका हुन्छन् । उक्त शक्तिलाई सत्कार्यमा वा असत्कार्यम प्रयोग गर्ने व्यक्तिको कर्ममा नै निर्भर रहने गर्दछ । सत्कार्यमा प्रयोग हुने शक्ति बढ्दै जान्छ भने असत् कार्यमा प्रयोग हुने शक्ति क्रमशः क्षीण हुँदै जान्छ । भगवान्का लीलावतार कथाबाट सूक्ष्म शक्ति बढेका र घटेका दुवै प्रसङ्ग प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिमा अदृष्ट शक्ति छ । जसको प्रयोग सत्यका पक्षमा गर्नु श्रेयष्कर हुन्छ भन्ने कुरा श्रीकृष्ण भगवान्का लीलावतार कथाबाट प्राप्त गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच