
तोयराज नेपाल
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ! अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।। श्रीमद्भगवद्गीता४/७,८
जब-जब धर्मको नाश र अधर्मको वृद्धि हुन्छ, त्यस बखतमा दुष्टहरूको विनाश गरी साधु सज्जन एवं धर्मको संरक्षण गर्न म अवतार लिन्छु भनेर स्वयं कृष्णले भन्नुभएको वचन हो । यसै अनुसार द्वापरयुगका अन्त्यमा भगवान्ले कृष्णावतार लिनुभएको हो । भाद्रकृष्ण अष्टमीका मध्यरातमा भगवान् नारायणले कृष्णावतार लिनुभएको हुँदा भाद्रकृष्ण अष्टमीलाई श्रीकृष्णजन्माष्टमी भनिएको हो । दुष्ट, दैत्य तथा राक्षसहरू विभिन्न राजा र राजाका सहयोगीका रूपमा पृथिवीमा जन्म लिएर विभिन्न उपद्रव र अत्याचार मच्चाएका हुँदा पृथिवीलाई भार भयो । अनि गाईको रूप लिएर पृथिवी ब्रहृमाजीका शरणमा गएर आफूलाई दुष्टको भार भएको निवेदन गर्नुभयो । ब्रहृमाजी पृथिवी र देवताहरू समेत भगवान् विष्णुका शरणमा गएर ब्रहृमाले पृथिवीको निवेदन सुनाउनुभयो । भूमिको निवेदन सुनेर भगवान् विष्णुले पृथिवीमा कृष्णका रूपमा अवतार लिएर भूमिको भार हरण गर्नेछु भन्नुभएको थियो । त्यसै क्रममा मथुरामा कंसद्वारा कैद गरिएका वसुदेवका वीर्यबाट देवकीका गर्भमा प्रवेश गरी भगवान्ले जेलमै कृष्णावतार लिनुभएको हो ।
वदन्ति तत् तत्त्वविदस्तत्वं यज्ज्ञानमद्वयम् ।
ब्रहृमेति परमात्मेति भगवानिति शब्द्यते ।। श्रीमद्भागवत १/२/११
तत्वज्ञानीहरू यही तत्वलाई कसैले ब्रहृम भन्छन् । कसैले परमात्मा भन्छन्, कसैले भगवान् कसैले ईश्वर, कृष्ण, राम, हरि, वासुदेव इत्यादि भन्दछन् । वास्तवमा जसबाट संसारको सृष्टि, स्थिति र प्रलय सदा सर्वदा भइरहन्छ, त्यो तत्व नै कृष्ण–तत्व हो । कृष्णावतारका बारेमा ब्रहृमसंहितामा उल्लेख छ :
रामादिमूर्तिषु कलानियमेन तिष्ठन् नानावतारमकरोद् भुवनेषु किन्तु । कृष्णः स्वयं समभवत् परमः पुमान् यो गोविन्दमादिपुरुषं तमजं भजामि ।। ब्रह्मसंहिता ५/३९
अवतारा हृयसंख्येया हरेः सत्वनिधेदर्विवजाः ।।
एते चांशकलाः पुंसः कृष्णस्तु भगवान् स्वयम् ।। भागवत १/३/२६,२८
अर्थात् राम, परशुराम, मत्स्य, कूर्म आदि कृष्णबाहेकका असंख्य अवतारहरू केही कलाका साथमा अवतार लिनुभएको छ भने कृष्णावतारमा स्वयं परम पुरुष भगवान् नारायण नै सम्पूर्ण कलाका साथमा अवतार लिनुभएको छ । वास्तवमा कृष्ण भन्ने तत्व आकर्षक तत्व हो । कृषतिद्रआकर्षयतीति कृष्ण । अर्थात् सबैलाई आफूतिर आकर्षण गर्नसक्ने सामथ्र्यशाली तत्व नै कृष्ण हो । भगवान् कृष्ण जब कंसलाई मार्ने क्रममा रंगभूमिमा जानुभयो त्यहाँका सबै मानिसलाई विभिन्न रूपले आकर्षण गर्नुभएको प्रसंग भागवतमा छ ।
एकोनविंशे विंशतिमे वृष्णिषु प्राप्य जन्मनी । रामकृष्णाविति भुवो भगवानहरद् भरम् ।। श्री.भा.१/३/२३
बाईस अवतारमध्ये उन्नाईसौँ अवातार बलराम हुन्, भने बीसौँ अवतार कृष्णको मानिन्छ । दशावतारमा कृष्ण आठौँ अवतार मानिन्छ । बलरामका साथमा अवतार लिएर कृष्णले दुष्ट दैत्यहरूको विनाश गरी भूमिको भार हरण गर्नुभयो । कालनेमि दैत्य द्रकंस र विप्रचित्ति दैत्यद्रजरासन्ध एवम् अरू पनि दैत्यहरू विभन्न राजाहरूको रूप लिएर पापाचार र दूराचार गर्दै अधिकांश जनताहरूमाथि अन्याय, अत्याचार गर्न थालेपछि भारपीडिता पृथिवी गाईको रूप लिएर ब्रहृमाजीका शरणमा जानुभयो र आफ्नु दुःख निवेदन गर्नुभयो । अनि ब्रहृमाजीले सम्पूर्ण देवतासहित भएर विष्णुसँग प्रार्थना गर्नुभयो ।
वसुदेवले यिनका सबै गर्भका बालकहरू जन्मिने बित्तिकै म हजुरलाई दिन्छु, यिनलाई नमार्नुहोस् भन्दा कंसले देवकीलाई छाडिदियो । अनि देवकीका गर्भबाट बालकहरू जन्मिनथाले । वसुदेवले पैलो छोरो कंसलाई दिनुभयो । कंसले भैगो, मलाई आठौँ गर्भको बालक दिनू अहिले यो बालक लैजानू भन्यो । पछि नारद ऋषिले कंसलाई कताबाट गन्दा आठौँ गर्भ मान्ने आदि नाना कुरा गरेपछि फेरि वसुदेवका छोरा मगाएर मार्यो ।
देवताको प्रार्थनाबाट सन्तुष्ट भएर विष्णुले-हे देवताहो म मथुरामा वसुदेव र देवकीका आठौँ गर्भबाट जन्म लिएर सम्पूर्ण दुष्टहरूको संहार गर्नेछु भन्नुभयो । त्यस वखतपछि यदुवंशी शुरसेनका छोरा वसुदेवको उग्रसेन राजाका भ्राता देवककी छोरी देवकीसँग विवाह भयो । त्यो विवाहमा बहिनी-ज्वाइँलाई पुर्याउन कंसआफैँ सारथि भएर गयो । बाटामा-हे कंस जसलाई पुर्याउन तँ जाँदै छस् उसैका आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ भन्ने आकाशवाणी भयो । त्यसपछि कंसले तरवार लिएर देवकीलाई काट्न तयार भयो । वसुदेवले यिनका सबै गर्भका बालकहरू जन्मिने बित्तिकै म हजुरलाई दिन्छु, यिनलाई नमार्नुहोस् भन्दा कंसले देवकीलाई छाडिदियो । अनि देवकीका गर्भबाट बालकहरू जन्मिनथाले । वसुदेवले पैलो छोरो कंसलाई दिनुभयो । कंसले भैगो, मलाई आठौँ गर्भको बालक दिनू अहिले यो बालक लैजानू भन्यो । पछि नारद ऋषिले कंसलाई कताबाट गन्दा आठौँ गर्भ मान्ने आदि नाना कुरा गरेपछि फेरि वसुदेवका छोरा मगाएर मार्यो । वर्षैपिच्छे गरी छवटा छोराहरू मार्यो । देवकीको सातौँ गर्भ प्रवेश भएपछि भगवान्ले भगवती योगमायालाई भन्नुभयो :
अथाहमंशभावेन देवक्याः पुत्रतां शुभे ।
प्राप्स्यामि त्वं यशोदायां नन्दपन्त्यां भविष्यसि ।। श्री.भा.१०/२/९
योगमाया तिमीले देवकीको सातौँ गर्भलाई अपकर्षण गरी देवकीकी सौता रोहिणीका गर्भमा सारिदिनू । रोहिणीका गर्भबाट मेरै शेषको अंश दाजु बलराम भई जन्मिनुहुनेछ । अनि तिमी चैँ गोकुलमा नन्दकी पत्नी यशोदाका गर्भबाट जन्म लिनू । भगवान्को आदेश अनुसार योमायाले त्यसै गर्नुभयो । त्यसपछि देवकीको आठौँ गर्भमा प्रवेश गर्नुभयो । कंसले वसुदेव, देवकी र बाबु उग्रसेनलाई पनि जेलमा कैदी बनायो । पछि रोहिणीका गर्भबाट शेषको अंशका रूपमा बलरामको अवतार भयो । अनि भाद्रकृष्ण अष्टमीका राति मध्यरातमा जेलमै श्रीकृष्णका रूपमा भगवानको अवतार भयो । भगवानका मायाले गर्दा ढोके पाले सबै मस्त निद्रामा परेका थिए । भगवान् चार हात भएको सुन्दररूप भइ हातमा शंख, चक्र, गदा, पद्म लिएर देवकी र वसुदेवलाई दर्शन दिँदै भन्नुभयो हे पिताश्री ! हे माताश्री ! म अब साधारण बालककै रूप लिन्छु, मलाई गोकुलमा नन्दकी पत्नी यशोदाका काखमा राखी आजै उनकी छोरी जन्मिएकी छन् उनलाई लिएर आउनू, यो सबै काम गरेको मेरा मायाले गर्दा कसैले थाहा पाउने छैनन् ।
त्यसबेला यी सबै ढोकाहरू पनि खुला रहनेछन् । तपाईंका हातखुट्टाका पाशाहरू पनि खुल्नेछन् भनी फेरि बालक रूप हुनुभयो । भगवानले भने जस्तै गरी वसुदेवले पनि कृष्णलाई बोकेर हिँड्नुभयो । बाटामा यमुना नदीले बाटो छोडिदिइन् । अनि गोलोकमा यशोदाका काखमा राखी उनकी छोरी योमायालाई लिएर आउनुभयो । जब वसुदेव जेलमा आइपुग्नुभयो तब जेलका ढोका पूर्ववत् बन्द भए । उहाँका हातगोडाका पाशाहरू पनि पूर्ववत् बाँधिए । अनि ती योगमाया बच्ची च्याँहाँ च्याँहाँ गरी रून थालेपछि पालेहरूले थाहा पाएर कंसलाई भने । यता कंस कतिखेर देवकीको आठौँ गर्भ जन्मला र मारौँला भनेर पर्खिरहेको थियो । सुन्नेबित्तिकै हतारहतार आएर खै त्यो बच्चा मलाई दे ¤ भन्दा देवकीले यो छोरी हो यसले हजुरलाई केही गर्न सक्तिन, यसलाई नमार्नुहोस् भन्दा हातबाटै खोसी ढुंगामा पछारेर मार्न खोज्दा उडेर आकाशमा गई हे दुष्ट तँलाई मार्ने व्यक्ति अन्तै जन्मिसकेको छ ।
मलाई के मार्छस् भनी आकाशमार्गबाट उडी भगवती आफ्ना स्थानमा जानुभयो । त्यसपछि कंसले लौ दैवले पनि झूटो बोल्दारहेछन् मैले तपाईंहरूलाई व्यर्थमा दुःख दिएँछु, भनी वसुदेव, देवकी र उग्रसेनलाई समेत जेलबाट निकालिदियो । त्यसपछि भगवान्ले बलरामका साथमा विभिन्न बाल लीलाहरू गर्दै पूतना, तृणावत्र्त, बकासुर अघासुर, केशी आदि धेरै दैत्यहरूलाई मारेर कंसको पनि बध गर्नुभयो । गोवर्धन पर्वतको उद्धार अनि गोपीहरूसँग रासक्रीडा गर्नुभयो । अनि सान्दी पनि गुरुबाट चौसठ्ठी कला विद्या अध्ययन गरी गुरुदक्षिणाका रूपमा उहाँका मरेका छोरा ल्याएर दिनुभयो । रुक्मिणी, सत्यभामा, जाम्बवती आदि आठ रानीहरूसँग विवाह गरी जरासन्धका सेनासँग अठ्ठार पटक युद्धगरी हजारौँ सेनाहरूको ध्वस्त गरी जरासन्धले वन्दी बनाएका हजारौँ राजाहरूको उद्धार गर्नुभयो । अनि भौमासुरले बन्दी बनाएका १६१०० रानीहरूसँग विवाह गर्नुभयो ।
बलरामका साथमा विभिन्न बाल लीलाहरू गर्दै पूतना, तृणावत्र्त, बकासुर अघासुर, केशी आदि धेरै दैत्यहरूलाई मारेर कंसको पनि बध गर्नुभयो । गोवर्धन पर्वतको उद्धार अनि गोपीहरूसँग रासक्रीडा गर्नुभयो । अनि सान्दी पनि गुरुबाट चौसठ्ठी कला विद्या अध्ययन गरी गुरुदक्षिणाका रूपमा उहाँका मरेका छोरा ल्याएर दिनुभयो ।
प्रद्युम्न, साम्बलगायत प्रत्येक रानीमा दश-दश भाइका दरमा छोराहरू जन्माउनुभयो । शिशुपाल दन्तवक्र, पौण्ड्रक, जरासन्ध आदि हजारौँ दुष्ट राजाहरूलाई मारी, मराई, महाभारतको युद्धमा अर्जुनको सारथी बनेर करोडौँ सेना मराई, ब्राहृमणको शापबाट करोडौँ यदुवंशीहरूको विनाश गराई, भूमिको भार हरेर सज्जनको उपकार र दुर्जनको विनाश गर्नुभयो । अनि उद्धवलाई ब्रहृमज्ञानको उपदेश गर्नुभयो । अन्त्यमा कृष्णावतारका सबै प्रयोजन समाप्त भएपछि जरा व्याधाको बाणलाई निमित्त बनाएर स्वधाम प्रस्थान गर्नुभयो भन्ने यावत प्रसंगहरू शस्त्रमा प्रमाण रहेका छन् ।
कृष्णलाई मल्ल अर्थात् योद्धाहरूले वज्रतुल्य देखे, साधारण मानिसले यी कुनै श्रेष्ठ पुरुष हुन् भन्ने ठाने, स्त्रीहरूले साक्षात् कामदेव नै ठाने, गोपहरूले आफ्ना स्वजन ठाने, दुष्ट राजाहरूले आफ्नो शासक ठाने, बाबु आमा र बुढापाकाहरूले आफ्नै सानो बालक ठाने, कंसले आफ्नो मृत्यु नै ठान्यो, अज्ञानीहरूले विराट् पुरुष ठाने, योगीहरूले आफ्नो परमआराध्य तत्व सम्झिए भने वृष्णिवंशी- यदुवंशीहरूले आफ्नो इष्टदेवता सम्झिए ।
सबै व्यक्तिहरूको हृदयलाई जुन–जुन रूपमा भए पनि आफूतिर आकृष्ट गर्नसक्ने सामथ्र्य भगवान् कृष्णमा भएको हुँदा उहाँमा कृष्ण नामको सार्थकता भएको शास्त्रहरूमा पाइन्छ । वास्तवमा सम्पूर्ण जगतको सृष्टि, स्थति र प्रलय जसबाट सदा सर्वदा भइरहन्छ त्यही तत्व नै श्रीकृष्ण तत्व हो । परम तत्व रूप परमात्माले लीला गर्न यस पृथिवीमा अवतार लिएको दिन हुँदा उहाँको जन्म दिनमा उहाँप्रति भक्तिभाव गरेर व्रत-तीर्थ पूजा, पाठ, भजन, कीर्तन नाच, गान, दान-प्रदान आदि गर्दा भगवान् प्रसन्न हुनुहुन्छ । भगवान् प्रसन्न भएपछि आफूले चिताएका सबै कुरा पूर्ण हुने हुँदा यस दिन कृष्णाष्टमीको व्रतबस्नु, पूजा गर्नु सबैका लागि श्रेयष्कर छ ।
अष्टमी कृष्णपक्षस्य रोहिणी ऋक्षसंयुक्ता । भवेत्प्रौष्ठपदे मासि जयन्तीनाम सा स्मृता । विष्णुरहस्य । इत्यादि शास्त्रीय वचनहरू हुँदा यस दिन व्रत बसी भगवान्को आराधना गर्ने परम्परा समाजमा चलिआएको हो । त्यसै कारण हामी पनि यथाशक्ति व्रत बसी पूजाराधना गरी मनाइयौं भने सबैको कल्याण हुनेछ । ॐश्रीकृष्णार्पणमस्तु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच