काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने धारणा राख्नुभएको छ ।
आज केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उहाँले अब सभापति देउवाले त्याग गर्नुपर्ने बताउनु भएको हो ।
महामन्त्री शर्माले वर्तमान सरकार बनाउनुमा कांग्रेसको हात रहेको उल्लेख गर्दै सबैले सहयोग गरेर सफल बनाउनुपर्ने धारणा राख्नुभयो । त्यसपछि देउवाले प्रधानमन्त्री त्याग गरेर अरु कसैलाई बनाइनुपर्ने उहाँको जोड थियो ।
प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उहाँहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने महामन्त्री शर्माको प्रस्तावलाई सभापति देउवाले ठाडै अस्वीकार गर्नुभयो ।
केन्द्रीय समितिको बैठकमा सभापति देउवाले बोल्ने क्रममा शर्मालाई तपाईंले भनेर मैले प्रधानमन्त्री त्याग गर्ने हो र भन्ने जवाफ दिनुभएको एक केन्द्रीय सदस्यले बताए ।
शर्माले डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन सुझाव दिनु भएको उनले बताए।
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच