अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतबिहीन भएका छन् ।

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा लगिएको छ ।

शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्‍याएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको राज्य भिक्टोरियामा सोमवार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?