कास्की । गण्डकी प्रदेशमा मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउँदै मन्त्री दीपक मनाङेले राजीनामा दिने चेतावनी दिनुभएको छ ।
गण्डकीमा मन्त्रिपरिषद पुर्नगठनमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।
कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउनु भएको हो ।
एमाले सरकारमा सामेल भएसँगै मनाङेको मन्त्रालयको साटिएको हो ।
एमालेबाट नव नियुक्त चार जना मन्त्रीले शपथ आजै लिएका छन् ।
एमालेबाट पद्मा जीसी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।
गण्डकीमा यसअघि ७ मन्त्रालय रहेकोमा मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ९ पुर्याउनु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच भागबण्डा मिलाउन पाण्डेले मन्त्रालय फुटाउनु भएको हो ।
मन्त्रालय फुटाएसँगै नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट निर्वाचित हुनुभएका नेपाल समाजवादीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद् गुरुङको मन्त्री पद पनि कायमै रहेको छ ।
अफ्ठ्यारोमा सरकार जोगाइदिएका उहाँहरुलाई मुख्यमन्त्री पाण्डेले मन्त्रीबाट नहटाउन कै लागि मन्त्रालय फुटाइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच