काठमाडौं । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार चारजना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । एमाले केन्द्रीय लेखा आयोग सदस्य पदमा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बन्नुभएको छ । यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको छ । जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी थियो । तर, सरकारले पूर्णता नपाउँदै ढल्यो र जिसी मन्त्री बन्नबाट वञ्चित हुनुभयो । त्यसबेला अधिकारीले पुरानै अनुहारलाई मौका दिनुभएको थियो । उहाँ नवलपुर २ (१) बाट निर्वाचित हुनुभएको छ । २०४८ सालदेखि राजनीतिमा लाग्नुभएकी जिसीको संसदीय भूमिका प्रभावकारी छ ।
पर्वत (२) बाट निर्वाचित मित्रलाल बस्याल एमालेका पुराना नेता हुनुहुन्छ । उहाँ प्रदेशमा पृथ्वीसुब्बा गुरुङनिकट मानिनुहुन्छ । दोस्रो कार्यकालमा निर्वाचित सांसदहरूमध्ये उहाँ सबैभन्दा ज्येष्ठ हुनुहुन्छ । त्यसैले ज्येष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठक उहाँले चलाउनुभएको थियो । बस्याललाई अधिकारी पहिलो कार्यकाल मुख्यमन्त्री हुँदा नै मन्त्री बनाउने चर्चा थियो । बागलुङका कृष्ण पाठक अधिकारीनिकट मानिनुहन्छ । उहाँ समानुपातिक सिटबाट निर्वाचित हुनुभएको थियो । सुरुमा मसालको राजनीति गर्नुभएका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय हुनुभएको हो । अर्का समानुपातिक सांसद प्रकाश केसी पनि अधिकारी निकटकै हुनुहुन्छ । सांसद बनाउने बेलामा पनि अधिकारीले जोडबल गर्नुभएको थियो । अधिकारी दाइना हुँदा केसी भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभयोे । उहाँ लामो समय राप्रपाको राजनीतिबाट २०७४ मा एमाले प्रवेश गर्नुभएको हो ।
मन्त्रालय हेरफेरमा असन्तुष्ट मनाङेद्वारा राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिनुभएको छ । स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पठाएको मनाङेले जानकारी दिनुभयो । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहनुभएका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उहाँले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाउनुभएको थियो । सोमबार एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उहाँ बाहिर निस्किनुभएको थियो । मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरुङलाई दिन माग गरेको पनि बताउनुभयो । ‘मैले त हिजै लिन्न भनेको हुँ । यिनीहरूले मेरो नाम राखिदिएछन् । तल्लो मनाङको भाइ (मुनिन्द्रजंग गुरुङ) लाई मन्त्री देऊ भनेको हुँ’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच