म्याग्दी । नेपाली हिन्दू नारीहरूको ठूलो पर्व हरितालिका तीजमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ । तीज आउनु धेरै दिन अघिदेखि नै शहरमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन् ।
पछिल्ला वर्षमा तीज पर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको मालिका गाउँपालिका वडा नं ६ दरबाङ स्थित महिला वचत तथा ऋण सहकारी संस्थाकी प्रवन्धक शलिना किसानले बताउनुभयो ।
“शहर बजारमा हुने तीज प्रतियोगितामा पनि कुनै मौलिकता छैन, पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टिभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तीजका गिन गाउन र नाच्न जान्ने भेटिँदैनन् ।” किसानले भन्नुभयो । तीजलाई नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार निकै परिवर्तन परिवर्तन हुँदै गएको र तीजको मौलिकपना नासिदै गएको उहाँले बताउनुभयो ।
“आधुनिकतासँगै तीज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ । पछिल्ला वर्ष बजारमा दर्जनौँ सङ्ख्यामा एल्बम सार्वजनिक भएपनि तीजको मर्म बोकेका भाका पाउन भने मुस्किल छ । तीजको मौलिकता झल्किने संस्कृति हराएकोमा अघिल्लो पुस्ताका जेष्ठ महिलाहरु चिन्तित छन् ।
म्याग्दीमा अहिले दिनहुँजसो तीज पर्वको अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन् । यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोक गायिका धनकुमारी थापाले बताउनुभयो । अहिले विभिन्न संघसंस्था र महिला दिदीबहिनीले होटल होटलमा आयोजना गर्ने दर खाने कार्यक्रमले तीज पर्व आधुनिक तथा औपचारिकतामा सीमित हुन पुगेको उहाँको भनाइ छ ।
महिला नेतृ अमृतदेवी बानियाँले अहिलेका तीज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको बताउनुभयो । ”पहिला तीजको दर एक दिन मात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याई छ” । उहाँले भन्नुभयो “तीजको संस्कृतिसँगै मादल हरायो, मादल बज्दैन डेक लगाएर नाच्ने चलन बढ्यो ।”
आधुनिकताका नाममा महङ्गा होटलमा दर खाएर, डेकको तालमा नाचेर तीजको संस्कृति नजोगिने उहाँ बताउनुहुन्छ । महिलालाई हक, अधिकारसँगै कर्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि सिकाउन जरुरी रहेको बानियाँको भनाइ छ ।
आधुनिकताको बढ्दो आकर्षण र सूचना प्रविधिको पहुँचले तीजका परम्परागत मान्यताहरु भत्किदै जान थालेका छन् भने माइतबाट चेलीलाई लिन जाने, दरमा दूध र फलफूलका विभिन्न परिकारहरु खुवाउने,विवाहित महिलाले घरमा भोगेका सुखदुखका कुराहरु गीतमार्फत व्यक्त गर्ने जस्ता परम्परागत चलनहरु पनि हराउदै जान थालेका जेष्ठ महिलाहरुले बताएका छन् ।
हरायो तीजमा चेलीबेटी लिन जाने चलन : फेरियो लय
बेनी नगरपालिका २ बगरफाँटकी ६९ वर्षिया गोमादेवी उपाध्यायले भदौरे भेल र वर्षाका कारण उर्लेका खोला र खहरेहरुलाई छिचोल्दै तीजमा छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराएको बताउनुभयो ।
“अहिले सबैको हातहातमा मोवाइल फोन छ,घरघरमा इन्टरनेट छ । गाउँगाउँमा सडक पुगेपछि छोरीचेलीलाई माइतमा आउजाउ गर्न कुनै समस्या छैन” उपाध्यायले भन्नुभयो “ तर,हाम्रो पालामा त यी कुनै पनि सुविधा थिएनन् । ससाना छोराछोरी पिठ्युमा बोक्दै र हातमा डो¥याउँदै लिन आएको भाइको पछिपछि पैदल हिडेर साँझपख मात्रै माइतीको आँगनीमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णनै गर्न सकिदैन ।”
त्यसैगरी तीजमा गाइने गीत र त्यसको लय पनि फेरिदै जान थालेका उहाँले बताउनुभयो ।
तीज आयो जाउन बाबु दिदी लिनलाई ।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
हुन्छ आमा दिदी लिन जान्छु जान त ।
कोसेली पो के लानी हो पर्छ लान त ।।
“पहिला पहिला तीजका गीतमा छोरी चेलीका पीडा मात्रै होइन शिष्टाचारका कुराहरु पनि व्यक्त गरिन्थे,आदरसम्मान,अनुशासन,मर्यादा र कोशेलीपातका कुराहरुसमेत गीत मार्फत अभिव्यक्त हुन्थे,अहिलेका गीतहरुमा केवल मनोरञ्जन केन्द्रित छन्, केही अपवादहरु बाहेक घरपरिवारका सदस्यहरु एकै ठाँउँमा बसेर सुन्न र हेर्नै नसकिने खालका छन्” उपाध्यायले भन्नुभयो ।
“पहिला–पहिला गाउँमा सडक पुगेको थिएन, चेलीबेटी लिन माईती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासु ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो” मंगला गाउँपालिका ५ की गोमा थापाले भन्नुभयो “ हिजोआज भने गाउँ–गाउँमा सवारी साधन पुगेका छन्,हातहातमा मोवाइल छ,न दाजुभाइलाई दिदी बहिनी लिन जाने झन्झट र न दिदी बहिनीलाई कोशेलीपात्रको व्यवस्था गर्न गाह्रो,पैसा भए बजारमा सबै चिज पाइन्छ,आनन्दै ।”
ह%
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच