विराटनगर । कोशी प्रदेशसभा, विषयगत समितिका सभापतिहरूले आज सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।
यहाँ न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोेत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दलका बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताउनुभयो । उहाँले लामो समयपछि ‘मिनि संसद्’ का रूपमा रहेका विषयगत समितिले आफ्ना कामकारबाही उचित र प्रभावकारी ढङ्गले सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच