काठमाडौं । छैटौं बाह्रखरी कथा प्रतियोगिता-२०८१’ का निम्ति कथा आहृवान गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आहृवान गरेको हो । प्रतियोगितामा कात्तिक ५ गतेसम्म प्रतियोगी कथाकारले इमेल गरेर कथा पठाउनुपर्ने बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले बताउनुभयो । उहाँले नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउनसक्ने पनि बताउनुभयो ।
कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्ने, अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन नपाउने, कथा अप्रकाशित र अप्रसारित हुनुपर्ने, नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न नपाइने, छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिने बताउनुभयो ।
उहाँले ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य रहेको बताउनुभयो । कथा कम्तीमा एक हजार पाँच सय शब्द र बढीमा चार हजार शब्दसम्मको हुनुपर्ने, वर्ड फाइलमा मात्र पठाउनुपर्ने, प्रतियोगीले आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्ने जनाइएको छ ।
प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्ने पनि प्रधान सम्पादक प्रधानले जानकारी गराउनुभयो । उहाँले १२ खरी कथा लेखन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको समेत जिकिर गर्नुभयो । कथा लेखनको संवद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच