चितवन । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । चितवनको पटहिनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितिशा महतो विजेता बन्नुभएको छ । हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितिमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितिशालाई छनोट गरेको हो ।
५.९ फिट उचाइ हुनुभएकी उहाँले अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने हुनुभएको छ । ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाइ तथा पोजिसनका आधारमा नितिशा छनोट हुनुभएको हो ।
आयोजकको नियमअनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत् एक खेलाडी टिममा राख्नुपर्ने नियमअनुसार उहाँलाई छनोट गरिएको हो । १७ वर्षीया नितिशा चितवनको मेघौली घर भई हाल श्री जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।
उहाँको आगमनसँगै चितवनले आफ्नो टिम पूरा गरेको छ । एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । चितवन शक्तिको टिममा अरुणा शाही, सूर्या सरसुरी, केपी अनुश्री, अन्ना डिमित्रिभा, सुनिता खड्का, सरस्वती कट्टेल, एञ्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य, भावना डाँगी र नितिशा महतो रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच