डुब्लिन । युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहृयामले काराबागलाई ३-० गोलअन्तरले पराजित गरेको छ । खेलको आठौं मिनेटमा डिफेन्डर राडु ड्रागुसिनले जुनिन्होलाई लडाएपछि मैदानबाट बाहिरिनुभएको थियो । तर, त्यसको चार मिनेटपछि टोटनहृयामले गोलको खाता खोलेको थियो ।
ब्रेनन जोन्सनले टोटनहृयामलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । यो उहाँको तीन खेलमा तेस्रो गोल हो । ५२औं मिनेटमा डोमिनिक सोलान्केको पासमा पेपे सरले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ६८औं मिनेटमा डोमिनिकले अर्को गोल गर्दै ३-०को सहज जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच