(वक्ररेखा)
आजभोलि जुनसुकै कार्यक्रममा ब्याज, तक्मा, खादा, दोसल्ला, चौसल्ला र माला भिर्ने तथा भिराउने चलन छ्याप्छ्याप्ती छ । यसो नियालेर हेर्दा आयोजकहरू नै यस्ता गलपासोले ठूलालाई वनको मुढा झैँ बनाउन एक आपसमा प्रतिस्पर्धा, होडबाजी, तँभन्दा म के कम ? भने जसरी यो रोगले ग्रस्त छन् । उता प्रमुख अतिथि, विशिष्ट पाहुना र अतिथिको दज्र्यानी भिर्ने जमात तारे, तिल्के, झिल्के, मिल्केप्रभृति क्रमभङ्ग नहरँदा सबै दङ्ग हुन्छन् ।
अब एकैछिन यी शब्दहरूलाई नियालौँ ः ‘ब्याज’ यो शब्द अङ्ग्रेजी भाषाबाट आयातीत शब्द हो नेपालीमा यसलाई अथ्र्याउँदा १, जागिरदारले दर्जाअनुसार लगाउने सुनचाँदीको सरकारी चिहृन विशेष । २, कुनै चित्र वा सङ्केत भएको, धातुु, कपडा, कागत आदिबाट बनाइएको लुुगा, कोट आदिमा लगाइने सङ्केतात्मक वस्तुु भनेर बुझिन्छ । अब ‘तक्मा’ शब्दतिर जाऊँः यो शब्द फारसीको ‘तुुग्म’ बाट आएको पाहुना शब्द हो । सेवा, वीरता, शौर्यता, विद्वत्ता आदिका क्षेत्रमा कुनै उल्लेखनीय काम गर्ने व्यक्तिलाई कदर वा प्रशंसा दर्साउन सरकार वा संस्थाबाट दिइने कुनै चिहृन अङ्कित आभूूषण, पदक अर्थात् विभूूषण भनेर थाहा पाइन्छ ।
लोकतन्त्र गणतन्त्रको स्वाद चाखेर यतिखेर घाघडान वाचस्तेन र वाक्म-र्कट बनेका सबै भागशान्तिमा पदासनमा बसेर प्रासन गर्न पाइहालेका छन् । नयाँ प्रणाली आएछि त पदहरू आकाशबाट असिना बर्सेझैँ जोप्पाइ भएको हुँदा दापविनाको तरबार स्वास्नीविनाको घरबार पनि सप्रेकै छ ।
त्यसैगरी ‘खादा’ यो शब्द तिब्बतबाट आएको छिमेकी पाहुना हो । देवदेवीको पूजाआजामा चढाइने र विशिष्ट व्यक्तिहरूका स्वागत र सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो वा अन्य रङको पातलो कपडा जसलाई घाँटीमा लगाइन्छ । अर्को शब्द : ‘दोसल्ला’ यो संस्कृत भाषाको ‘द्विशाट’ बाट आएर हाम्रा नेपाली जिब्राहरूले दोसल्ला बनाएका हुन् । जसको अर्थ : १, किनारामा कार्चोबी बुट्टा भरिएको र बीचबीचमा केही फूलबुट्टा भएको दुुईसरो मूूल्यवान् ओढ्ने । २, विशेषगरी बिहेमा बेहुलातर्फबाट बेहुलीलाई लगिने महँगो खालको उनी खास्टो । ३, कुनै विशिष्ट व्यक्तिलाई सम्मानस्वरूप ओढाइने राम्रो खास्टो । त्यस्तै ‘चौसल्ला’ अर्थात् चार पत्र भएको शाल, राजामहाराजाबाट विशिष्ट व्यक्तिहरूको विशेष उत्सवमा सम्मान जनाउन ओढाएर दिने सालका चार पत्र वा पर्दा ।
अर्को शब्द ‘माला’ यो संस्कृत भाषाबाट आएर तत्सम अनुहारमा झलमल्ल भै चम्किएको पद हो । यसलाई माल्य, स्रज्, गर्भक, प्रभ्रष्टक, ललामक, प्रालम्ब, वैकक्षिक, आपीड, शेखर आदि नाम संस्कृत कोशले होसपूूर्वक अर्थपूूर्ण बनाएर दिएको छ । त्यसै भएर त व्याकरणकारले ‘माला’ को विग्रह कति राम्रोसित गरेका : माम्=मलाई अर्थात् माला लाउनेलाई, लातीति=ठीक ठाउँमा डोर्याउँछ वा लैजान्छ, मतलव मालाधारण गरिसकेपछि ती विशेष मनुवाले गल्ती बोल्न, जे पायो त्यही कुरा खोल्न पाइँदैन । त्यसै भएर अर्को शब्दमा मालालाई ‘पुुष्पदामनी’ अर्थात् कोमल दाम्लो भनेर सम्बोधन भएको छ । देवदानव समुदायलाई पनि दुुर्लभ हुने फूलमालाको महत्व मानवजीवनमा त झन् उपल्लो छ ।
यति सुुन्दर, गूढतम एवं उपल्लो अर्थभार बोकेका यी शब्दहरूलाई कतिपय आयोजकहरूले बहुुरूपी भक्कूू बनाएर नचाएको देख्दा ‘अर्थ न बर्थ गोविन्द गाई, बुुझ्नुु न सुुझ्नुु त्यत्तिकै टुँडिखेल कुद्नुु’ आदि सम्झिएर हाई काढ्दै कार्यक्रमलाई नै बाई ! बाई ! ! भनौँ पो जङ उठ्छ बा ! यदाकदा मलाई । लोकतन्त्र गणतन्त्रको स्वाद चाखेर यतिखेर घाघडान वाचस्तेन र वाक्म-र्कट बनेका सबै भागशान्तिमा पदासनमा बसेर प्रासन गर्न पाइहालेका छन् । नयाँ प्रणाली आएछि त पदहरू आकाशबाट असिना बर्सेझैँ जोप्पाइ भएको हुँदा दापविनाको तरबार स्वास्नीविनाको घरबार पनि सप्रेकै छ । त्यति हुुँदा पनि पदप्राप्तिको लठारोमा झटारो, भाला, रड, थुनछेक, घुर्की, धम्की, बजार्ने जमात कम छैन । शिशुुअवस्थादेखि रोगी, पिलन्धरे बनाइएको यो कुमार गणतन्त्र कुुपोषणको शिकार भयो ।
पोषणखाना त पदासीनहरूका पेटमै सिरिखुरी भएछि गणतन्त्र काल काटेर पनि छिप्पिन बिर्सिएको जस्तो पो भयो । सुमतिवालाहरू पद्धतिको गति छैन भन्ने कुरा उठान गरे पनि बैठान दिन नसकी छलको फलमै चौरासी पुुग्ने भो भनेर पितरिनेहरूको गनगन उत्तिकै छ । छातीमा ब्याज टाँसेर छाती फुकाएका सबै खाले वरिष्ठ, वरिष्ठतर र वरिष्ठतम अतिथिदेखि कनिष्ठतम अतिथिसम्मले समयलाई सीमाहीन बनाएर लघुुशङ्का तथा दीर्घशङ्काले अधोवस्त्र भिज्ने गरी नमिलेका वाक्य संरचनामा न्वारनदेखिको बल झिकेर कौलासेको सुन्दा स्रोताको दिमागै खलबल्याउँछ ।
जहाँ बहुुथरी बोलक्कडहरू घुुर्की, धम्की, अभिमान, परेमा लड्न तयार हुने कुरा गरेर आधा भुराजति त कार्यक्रम स्थलबाट उठिसके छन् । छडीधारी मास्टरले रोक्ने कडी फिँजाए पनि मान्छे पातलिँदै गए । अन्तिममा त केही वक्ता र सम्मानित हुने पात्रमात्र बाँकी रहने देखिएपछि एघार बजेबाट थालनी भएको कार्यक्रम तीन घण्टा चल्दा बल्ल आधा हुँदा कसको श्रवणेन्द्रियले काम गर्ने गाँठे भनेर आयोजकलाई छोट्याउन सल्लाह दिए कतिले !
सुकेका माला, छोटा फेरै नपुुग्ने दोसल्ला र चौसल्ला, तोक्मा नै नभएका तक्माहरू पुराना र च्यातिएका नगद पुुरस्कारका नोट, उध्रिएको थैली र अशुुद्ध भाषामा लेखिएको कभरविनाको रबरजस्तो प्रमाणपत्र, टाँस्सिन गाह्रो मान्ने अबिरकेशरी कार्यक्रम चलेको पाँचघण्टापछि घसेर कृत्रिम मुुस्कान पोखी सबै जलपानमा पसियो । बल्ल बल्ल भद्रगोले जात्राको इतितसत् भयो ।
दुुर्गन्धित पाउरोटी दुुई दुुई टुुक्रा, गर्मीले उसिनेर गलिताम बनेको चना पन्ध्रबीस दाना र कालो चिया पापी भुँडीलाई जिम्मा लगाएर घाँटी पोल्दै कसैसित केही नबोल्दै घर आइपुगियो । यसरी दोसल्ला, चौसल्ला, माला, खादा र तक्माको लघिमा राख्दै भुटीभाङ दिमाग रित्तिएकाको भाषण, पुुर्पुुरो सेक्ने घाम, कबाडी नास्ताले तारनतार लघुशङ्का र दीर्घशङ्काको तारिख धानेर त्यो कार्यक्रमका प्रमुख अतिथिदेखिका वक्ताका भाषण, विद्यार्थीका टिठिला मुख, लुरेखुरेतकका हैराने अनुहार, पुरस्कार वितरणका सरसामग्री र दाम सबै सबै हेर्दै झुुपुक्क भएछुु । लाग्छ त्यो दिन भित्रैदेखि कोही पनि हाँसेन । समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच