
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–३ राम गाउँमा माटोको ढिस्कोमा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार विहान दशैँका लागि घर सजावट गर्न माटो खन्नेक्रममा सोही ढिस्कोमा परी गाउँपालिका रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्युभएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो ।
गाउँपालिका रोजगार शाखा सहसंयोजक रहेका प्राविधिक रामगाउँका धुब्र शाही र सोही गाउँका २४ वर्षिय मनसरा मल्लको मृत्युभएको संयोजक ढकालले बताउनुभयो । सँगै माटो लिन गएका रामगाउँका २६ वर्षिय लालबहादुर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
दशँैको लागि घर लिप्ने सेतो कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्युभएको हो । राम गाउँकोको औल स्थित सियाणी खोलामा भएको कमेरो माटोको खानीमा बुधबार विहान कमेरो माटो लिन गएको समयमा ढिस्कोमा पुरिएर मृत्युभएको हो ।
धेरै वर्षदेखि चाडबाडका अवसरमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाउँमा भित्र गएका बेला माथिबाटको ढिस्को पुरिँदा शाही र मल्लको घटना स्थलमै ज्यान गएको ताँजकोट गाउँपालिकाले जनाएको छ । कमेरोको ओढारबाट भाग्ने क्रममा लालबहादुर शाही छोपिँदा उनी घाइते भएका छन् । उनको तल्लो शरिरमा चोट लागेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच