
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले कृषि संकलन केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको कृषि शाखासँगै जोडिएको पालिकाको भवनमा कृषि संकलन केन्द्र स्थापना गरेको हो ।
कृषि संकलन केन्द्रको असोज १६ गते अगुवा कृषक हरिप्रसाद राई र सावित्रा खड्काले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाले केही महिना अघि ५९ किसिमका कृषि उपजहरुको मूल्य निर्धारण गरेपछि संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजहरुको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै विकास गरी कृषकहरूको आयआर्जनमा वृद्धि गर्न संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।
कृषकहरुको कृषि उपजहरुले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मुल्यमा कृषि संकलन केन्द्रमार्फत संकलन गर्छौं। त्यसपछि उक्त कृषि उपजहरु अन्य स्थानमा सप्लाई गरिदिन्छौँ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो,‘अब किसानको कृषि उपज बजारमा विक्री नभए पनि कुहिर जाने छैन। गाउँपालिकाले खरीद गर्छ किसानले त्यसको मुल्य पाउनुहुन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच